नेकपा एमालेभित्रका शिर्ष नेताहरुमा देखिएको बिवाद एकपछि अर्को गर्दै झन चर्कदै गएको छ । एकले अर्कोलाई आरोप प्रत्यारोप सँगै, फ्लोर क्रस सम्मको घटनामा पुगेको छ ।
पार्टीको महाधिवेशनबाट चुनिएका पार्टी अध्यक्ष के.पि. ओलीलाई एकाएक हटाउने अभियान माधव नेपाल पक्षले सुरु गरेसँगै चुलिएको बिवाद पार्टी बिभाजनको अन्तिम संघारमा पुगेको छ ।
नेतृत्वमा पलाएको पद लोभि भावनाका कारण केही व्यक्तिहरुलाई केही दिनका लागि फाइदा भएपनि समग्रमा सिगो पार्टी नेकपा एमालेलाई घटा पुग्ने अवस्था सृजना भइसकेको छ । कतिपय प्रदेशहरुमा यसको प्रभाव देखिसकेको छ भने आफ्नै सरकारलाई ढाल्ने सम्मका कामहरुले केही दिन कसैका लागि सुखद देखिएपनि समग्रमा घाटा हुने देखिएको छ ।
बिगतमा काँग्रेसको सरकार हुँदा पनि काँग्रेस भित्रको तीब्र असन्तुष्टिका कारण आफ्नै सरकार ढालेको काँग्रेसले धेरै बर्ष सम्म राजनीति उचाँई लिन सकेन अहिले नेकपा बिभाजन सँगै नेकपा एमालेको अवस्था पनि त्यही गतिमा पुगेको छ ।
नेपालमा स्थायी सरकार र दिगो समृद्धिका लागि जतिबेला बिशेष कामहरुको सुरुवात हुने गरेको हुन्छ ठिक त्यही अवस्थामा पार्टीका शिर्ष नेताहरुबीच बिवाद चुलिने पार्टी फुट्ने पुरानै परम्परा अहिलेपनि कायमै रहेको देखिएको छ ।
अहिले कर्णाली प्रदेशमा समेत स्पष्ट बहुमतमा रहेको एमालेका चारजना सांसदहरुले फ्लोर क्रस गरे सँगै एमालेको सरकार बनने अर्कोतर्फ सर्वोच्चले फ्लोर क्रस गर्नेलाई पदबाट निलम्बन गरेपछि दुबै पक्षलाई घाटा पुगेको छ । व्यक्तिगत रिस र टकरावका कारण केही समयका लागि कसैलाई फाइदा भएपनि जनताको ठूलो जनमत पाएको नेकपा फुट्नु, माओवादीभित्र बिवाद हुनु र एमालेभित्र बिवाद हुनुले नेपालमा राजनीतिक स्थायीयत्व हुन नसक्ने बारेमा आशंका गरिएको छ ।








