कुलमानको पुनः नियुक्ति अवसर र चुनौती

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुुक्तिका बिषयमा लामो समयदेखि निकै चर्चा चल्यो, पहिलो कार्यकाललाई सफलतापूर्वक सम्पन्न गरेर विद्युत अभावलाई सकेसम्म न्यूनिकरण गर्ने अभियानमा लागेका कुलमान घिसिंङको पुनः नियुक्ति भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको नियुक्ति पछिका बिभिन्न चर्चा परिचर्चाहरु अहिले चलिरहेका छन् । नेपालको विद्युत ठूला घराना, उद्योग र कलकारखानामा अनावश्यक रुपमा बिक्रि बितरण गर्ने र आम नागरिकहरुले विद्युत पाउने समयमा बिद्युत प्राप्त गर्न नसक्ने लामो समस्या केही हदसम्म समाधान भएको भएपनि अँझै नेपालको बिद्युत व्यवस्थापन प्रभावकारी हुन सकेको छैन् ।
जलस्रोतको धनि देश नेपालमा हजारौं यूनिट विद्युत उत्पादन गरेर बिश्व बजारमा नेपालले बिक्रि गरेर लाखौं आम्दानी गर्न सक्ने आधारहरु धेरै भएको भएपनि नेपाललाई कहिल्यै पनि आफ्नो क्षमतामा उभिन नदिने बिभिन्न षडयन्त्रहरु बिगतदेखि हुँदै आएका छन् । नेपाल स्वतन्त्र मुलुक भएर पनि बिभिन्न बाहनामा यहाँको राज्य सञ्चालन र सत्ता सञ्चालनमा देखिएका बिभिन्न चुनौतीहरुका कारण दिगो विकासमा ठूलो समस्या उत्पन्न भएको छ । अहिले एम.सि.सि. र कुलमान घिसिंङको पुनः नियुक्तिको बिषयलाई जुन हिसाबले हेरिएको छ । देश र जनताको पक्षमा कामहरु हुने बिषयहरुमा सबैको ध्यान जान जरुरी छ ।
नेपालमा विद्युत समस्याको दिगो समाधान गर्न सक्ने अवसर पाएका कुलमान घिसिङले प्रभावकारी काम गर्न सकेमा आम नेपालीहरुको मनमा बसिरहने छन् । आफ्नो व्यक्तिगत स्वार्थ वा नियुक्ति दिन सहयोग गर्नेहरुको पछाडी मात्र लागेर देश र जनताभन्दा माथि जाने छुट उनलाई पनि हुनेछैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार