युवाहरु देश निर्माणको महत्वपूर्ण जिम्मेवारी बोक्ने पंत्ती हो । आजका बालबालिका युवा हुँदै भोलिका भविष्य मात्र हैनन्, यो देश निर्माण गर्ने महत्वपूर्ण पात्रहरु समेत हुन् ।
युवाहरुलाई सानैदेखि देशको उत्तरदायि भूमिका निर्माण गर्ने बारेमा बिशेष चासो र चिन्ता व्यक्त गर्ने बिषय मात्र हैन्, युवाहरुलाई देशको आर्थिक, सामाजिक सांस्कृति, राजनीतिक, कृषि पर्यटन र पूर्वाधारका क्षेत्रमा लगाउनुपर्ने आवश्यकता देखिएको छ ।
देशका युवाहरुले देश परिवर्तनका सबै क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न पाएको अवस्था देखिदैन्, राजनीतिमा युवाहरुलाई अग्रसर गाउने बिषयमा अहिले पनि ठूला दलका शिर्ष नेताहरुले बिश्वास गरेको अवस्था छैन् । बिशेष गरेर युवा पुस्ताहरुलाई देश चलाउने जिम्मेवारी सम्पनुपर्ने हो तर दक्षता र क्षमताका आधारमा युवाहरुलाई अहिले पनि पछाडी नै राख्ने प्रचलन कायमै छ ।
ठूला पार्टीहरुमा उमेर हद तोकिएको छ तर त्यसको कार्यान्वयन अँझै हुन सकेको छैन् । युवाहरुले देशको भविष्य निर्माण गर्ने बिषयमा र युवाहरुले भोगेका समस्याहरुका बारेमा सरकारहरु अँझै पनि संम्बेदनशिल हुन सकेका छैनन् । हजारौं युवाहरु अहिलेपनि दिनप्रतिदिन बिभिन्न खाडी मुलुकमा गएर काम गर्न बाध्य छन् । गाउँमै रोजगारी प्रदान गर्ने बिभिन्न कामहरु सञ्चालन भएका छन तर प्रभावकारी कार्यान्वय अँझै हुन सकेको छैन् । हरेक पालिकाले एक पालीका ३ वटा सामुहिक फर्मको अभियान सञ्चालन गर्न सकेमा लाखौं युवाहरु देशमै बस्नेछन् ।








