राजनीति जनताका लागि गर्ने बिषय हो भनेर भनिन्छ तर त्यसमा पनि पहुँच अनिवार्य छ । पूर्वको राजनीतिमा पश्चिमले कहिल्यै पनि भेट्न सक्ने अवस्था हुँदैन् । त्यस्तै पूर्वको राष्ट्रसेवक कर्मचारीहरुको नेतृत्व पहुँचमा पश्चिमले भेट्न निकै धेरै समय लागेको छ । अँझै पनि पश्चिम क्षेत्रको प्रभावकारी उपस्थिती हुन सकेको छैन् ।
पहाडी जिल्लाहरुको त झन अँझै कयौं बर्ष समस्या कायमै रहने अवस्था छ । मध्यपश्चिमका विकट जिल्लाहरुको तुलना र पूर्वका जिल्लाहरुको तुलना गर्ने हो भने निकै धेरै भिन्नता छ ।
उतिबेला देखि नै जुन स्थानका नागरिकहरुमा चेतनाको अवस्था छिटो छरितो रुपमा विकास भयो त्यहीबाट सबैकुरा विकास पहिला भएको पाईन्छ , चाहे राजनीतिक होस्, चाहे आर्थिक होस्, चाहे सामाजिक किन नहोस् ।
राजनीतिक र राष्ट्रसेवकका क्षेत्रमा पहुँच विस्तारको कुरा गर्ने हो भने पश्चिम नेपाल धेरै पछाडी परेको देखिएपनि पछिल्ला दिनहरुमा लोकसेवा आयोगका बिभिन्न पदहरुमा नाम निकालेर राज्यको महत्वपूर्ण निकायहरु सम्म पहुँच बिस्तारमा पश्चिम क्षेत्रको उपस्थिती बढ्दै गएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्ने देखिन्छ, अर्कोतर्फ राजनीतिक रुपमा पहुँच बिस्तार हुन नसकेका कारण कर्णालीका दुर्गम जिल्लाहरुमा अहिलेपनि समस्या कायमै रहेको छ । राजनीतिभित्र पनि गुट उपगुटको चर्चा चलिएसँगै राम्रो व्यक्ति भन्दा हाम्रो व्यक्ति छनौट गर्ने कार्य र उनिहरुलाई नै राज्यको बिभिन्न निकायहरुमा अवसर प्रदान गर्ने कार्यले पहाडी जिल्लाको राजनीतिक पहुँच बिस्तार समेत अँझै हुन सकेको छैन् ।








