कोरोना जोखिम बढेपछि विद्यालय बन्द

साउन ३२, दैलेख
कोरोना महामारीको तेस्रो भेरिएन्ट फैलिदै गए पछि दैलेखको नारायण नगरपालिकाले प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निणय गरेको छ ।
नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै भदौ १ गतेबाट लागूहुने गरि नगरपालिका भित्रका सामुदायिक, संस्थागत, धार्मिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
साउन २२ गतेबाट स्वास्थ्यका मापदण्ड पालना गदै विद्यालय सञ्चालन गर्न सरोकारवाला सबैको सहमति भएको भए पनि कोरोना भाइरसको प्रभाव बढ्दै गएकाले अर्को सूचना जारी नहुन्जेल भदौ १ गतेबाट सम्पूर्ण विद्यालय बन्द गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार