पुनर्गठनमा जुट्यो माओवादी केन्द्र


भाद्र ३, दैलेख
सर्वोच्च अदालतले नेकपा विघटन गरी नेकपा माओवादी र एमाले ब्युँतिए सँगै नेकपा माओवादी केन्द्र वडा स्तरसम्म पार्टी पुनर्गठनको अभियानमा जुटेको छ । जिल्लाका ११ स्थानीय तहका ९० वटा वडामा पुगेर पार्टीको पुनर्गठन गर्न लागेको नेकपा माओवादी केन्द्र दैलेखले जानकारी दिएको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दैलेखका संयोजक प्रेम कटुवालले जिल्ला कमिटीको साउन २२ र २३ गतेको बैठकले पार्टी केन्द्रले दिएको निर्देशन अनुसार ११ स्थानीय तहका ९० वडामा भेलाको आयोजना गर्ने र त्यस अनुसार पार्टीको पुनर्गठन गर्ने अभियान सञ्चालन गरेको बताए । उनले पार्टी केन्द्रले भदौ १५ गते सम्म वडा स्तरसम्म भेलाको आयोजना गरी केन्द्रमा जानकारी पठाउने निर्देशन दिए ।

उनले भने पहिलो चरण हामीले वडा स्तर र पालिका स्तरमा भेला गरेका छाँै । त्यस लगतै पार्टीको पुनर्गठन अभियान सञ्चालन गर्ने र पार्टी सङ्गठनलाई बिस्तार गर्ने योजनामा छाँै । जिल्लाका ११ स्थानीय तह मध्ये माआबोदी केन्द्रले स्थानीय तहको निर्वातन मा दुई वटा वडा सदस्यमा जितेको भए पनि प्रदेश सभाको निर्वाचनमा नेकपा गठन सँगै गठबन्धन बाट दैलेख निर्वाचन क्षेत्र १ को (क) प्रदेश बाट धर्मराज रेग्मी निर्वाचित भएका थिए । पार्टी विभाजन सँगै एमालेमा लागेको कारण उनी प्रदेश सभा सदस्य बाट पदमुक्त भइसकेका छन् ।

कोरोना संङक्रमणको जोखिमका बेला वडा स्तरसम्म पुगेर सामाजिक दुरी बिनै गाउँमा भेला गरिएको भन्दै आलोचना गरिएको छ । स्थानीय नागरिकले भने कोरोनाको जोखिम भनेर विद्यालय सञ्चालन गर्न नसक्ने तर विभिन्न पार्टीका भेला गरिनु उचित नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार