भाद १२, दैलेख
जिल्लाको नौमूले गाउँपालिका–१ को तामेस्थित सेते भिर भन्ने स्थानमा मोटर साइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुर जिल्लाको तिरुंगा नगरपालिका गाईघाटका अन्दाजी ४२÷४३ वर्षीय नारायण प्रसाद पोख्ररेल रहेका दैलेख प्रहरीले जनाएको छ ।
दैलेख बजारदेखि नौमूले जाँदै गरेको बा ७५ प ५८४ नम्बरको मोटर साइकलमा सवार पोख्ररेलको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।
नौमूले गाउँपालिका–३ मा रेडक्रस दैलेखमार्फत सञ्चालित सफा खाने पानी तथा सरसफाइ परियोजनाको फिल्ड सुपर भाइजरमा कार्यरत रहेका पोख्ररेलको शनिबार दिउँसो करिब १ बजेतिर दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटर साइकल सडकबाट करिब १ सय देखि १ सय ५० मिटर तल खसेको छ । दुर्घटना के कति कारणले भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख श्रेष्ठले बताए ।









