संस्कृति जोगाउने बिषयमा गम्भिर हुनुपर्ने हो

कला र संस्कृति भनेका हाम्रा धरोहरहरु हुन्, पुराना र लोप हुन थालेका कला संस्कृतिहरुको संरक्षण मात्र गर्न सकेमा पनि त्यसको महत्व भोलिका पुस्तामा अवस्य हुने छ । यती मात्र हैन देश विदेशमा हाम्रा लोप हुन लागेका कला संस्कृतिहरुको संरक्षण गर्ने अभियान थालिरहँदा हामि सँग भएका संस्कृतिहरु हामिले मास्दै गएका छौं ।
संस्कृति संरक्षण मात्र गर्न सके यसले पर्यटन विकासमा निकै ठूलो टेवा पुग्न सक्ने देखिन्छ । कला र संस्कृतिहरुलाई संरक्षण गर्नका लागि यसको पहिलो दायित्व स्थानीय सरकारले लिनुपर्ने देखिएको छ । स्थानीय सरकारले प्रदेश र केन्द्र सरकारसँग समन्वय र सहकार्य गरेर कला संस्कृति संरक्षण गर्नतर्फ लाग्नुपर्ने देखिएको छ भने कतिपय संस्कृतिका नाममा बिकृतिहरु पनि समाजमा कायमै रहेका छन् त्यस्ता बिषयहरुलाई बिस्तारै निरुत्साहित गर्दै जानुपर्ने पनि देखिएको छ ।
परम्परागत रुपमा चल्दै आएका कतिपय संस्कृतिहरु छन् जसका कारण समाज अँझै धेरै वर्ष पछि पर्ने अवस्थामा पुग्छ यस्ता बिषयहरुलाई बिस्थापित गर्नुपर्ने पनि छ । जस्तो छाउपडी पर्था अहिलेपनि पुरानो संस्कृतिको रुपमा विकसीत छ । यसलाई पूर्ण रुपमा विस्थापन गर्न नसक्ने समाजपनि दुर दराजमा कामयै छ । यस्ता विकृतिहरुलाई व्यवस्थित गरेर बिस्तारै हटाउँदै लैजानुपर्ने छ । छाउपडीको नाममा असुरक्षित हुने बातावरण अन्त्य गर्दै सुरक्षित हुँदै बिस्तारैयस्ता विकृतिहरुलाई अन्त्य गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार