नेपालका राजनीतिक दलहरु बहुमत ल्याएर सत्तामा पुगेलगत्तै व्यक्तिहरु वीचको टकरावका कारण फुट्ने गरेको कुरा नयाँ होइन । नेपाली काँग्रेस बहुमतमा हुँदा फुट्यो, नेकपा एमाले पनि सरकारमा हुँदा फुट्यो, माओवादी पनि शक्तिमा पुगेका बेलामा फुट्यो । बिशेष गरेर नेपालको राजनीतिमा तीनवटा दलहरुकै अहिलेसम्म बिशेष भूमिका रहँदै आएको छ । पछिल्ला दिनहरुमा मधेश केन्द्रीत दलमा समय पार्टी फुटको समस्या देखिएको छ ।
नेपालको राजनीतिमा सत्तामा पुगेपछि सबै पार्टीमा फुटको समस्या कायमै रहेको छ । झण्डै दुईतिहाई नजिकको नेकपाको एकता टुटेसँगै अहिले एमाले र माओवादीमा पुनः पार्टी फुट र पार्टी परिवर्तनको समस्या आएको छ ।
नेपाली काँग्रेसको नेतृत्वमा अहिले सत्ता साझेदार केही दलहरुको संयुक्त सरकार गठन भएको छ । यस्तो अवस्थामा नेपाली काँग्रेसले वडा अधिवेशसनहरु सम्पन्न गरेको छ । कम्यूनिष्टहरुमा देखिएको फुटको बिषयलाई बिश्लेषण गरेरै हुनुपर्दछ वा केन्द्रीय नीति पनि सहमतीकै आधारमा काम गर्ने भनेर हुनुपर्दछ वा यसअघि फुटबाट बेहोरोको घाटा वडास्तरका कार्यकर्ताहरुले बुझेका कारण पनि हुनुसक्छ । नेपाली काँग्रेसका वडा अधिवेशनहरु अहिले सर्बसम्मतीका आधारमा सम्पन्न भएका छन् । यसले नेपाली काँग्रेस भित्रको आपसी किचलो केही हदसम्म साम्य पारेको बिश्लेषण गर्न सकिन्छ ।
काँग्रेस भित्र देखिएको दुई धारको राजनीति किचलोको व्यवस्थापन हुन सकेमा आगामी चुनावमा काँग्रेसलाई धेरै सहज हुने देखिन्छ ।








