
भाद्र २३, काठमाडौं
नेकपा एमालेले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकले एमसिसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको हो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दिएको जानकारी अनुसार एमसिसी नेपालको हितमा नभएको भन्दै निश्कर्ष निस्किएको छ यो सँगै सभामुखको भूमिका एमाले विरोधी र माओवादी पार्टी कार्यकर्ता जस्तो भएको बैठकले निश्कर्ष निकालेको छ ।
निर्वाचन आयोग एमाले टुक्रयाउन उद्धत रहेको, जयसिंह धामीको घटनामा सरकारी व्यवहार भारतसामु लम्पसारवादी देखिएको निष्कर्ष निकालेको छ ।
एमालेविरुद्ध भएका पछिल्ला गतिविधिमा मूकदर्शक भएर नबस्नेसमेत उनले बताए ।
यस्तै, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमसिसी पास गर्ने जिम्मा आफूहरूको नभएकाले अहिले धारणा बनाउन हतार गर्नु नपर्ने बताए । ओलीले भने, ‘एमसिसीबारे छलफल भइरहेको छ । यो पास गर्ने जिम्मा हाम्रो होइन । हामीले सम्झौता गरेको पनि होइनौँ। संसदमा पेश भएपछि हामीले निर्णय लिन्छौँ।’
बैठकका सांसदहरुले एमसिसीबारे पार्टीको धारणा मागेका थिए ।









