
सुर्खेत ः सुर्खेतमा एमसीसी विरुद्ध प्रर्दशन गरिएको छ ।
नेकपा क्रान्तिकारी माओवादी , नेकपा र हामी नेपाली हाम्रो नेपाल लगायतका नगरिक सामाजहरुने राष्ट्रघाति एमसीसी परियोजन खारेज गर्नुपर्ने माग सहित विरोध प्रर्दशन गरेका हुन् ।
राष्ट्रिय स्वाधीनताको रक्षा गरौ, सम्पूर्ण देशभक्त वामपन्थीहरु एक हौं, भन्दै एरिचोक, विरेन्द्र चोक हुँदै मंगलगडीमा नारा जुलुस सहित विरोध कार्यक्रम सम्पन्न गरिएको छ ।
विरोध सभालाई संवोधन गर्दै प्रमुख बक्ता नेकपा ( क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य दिपकबहादुर शाहीले एमसीसी सम्झौता गरि नेपाललाई रणनीति रुपमा पर्योग गरेर चीन लगायत नेपालका प्रकृति श्रोत साधनहरुमाथि कव्जा गर्ने र नेपाललाई रणनीतिक कृडा स्थल वनाउने उदेश्यले आएकोले कुनै हालतमा पास गर्न नदिने बताएका छन् । नेपाल र नेपाली जनताको हितमा नभएकोले आम नागरिकहरु यसको विरुद्धमा उत्रन आग्रह गरेका छन् ।









