दैलेखमा सहकारी बाल क्लव गठन

दैलेख
दैलेखमा सहकारी बाल क्लव गठन गरिएको छ । सरस्वती माध्यमिक विद्यालय दैलेखमा अध्ययनरत कक्षा ८ देखि १० सम्म अध्ययनरत ४६ जना विद्यार्थीहरुको भेलाबाट बाल क्लव गठन गरिएको हो ।
भेलाबाट पार्वती थापाको अध्यक्षतामा ७ सदस्यिय कार्यसमिति बाल क्लव गठन गरिएको छ ।
५७ औँ बाल दिवसको अवसरपारी राष्ट्रिय सहकारी बैंक शाखा कार्यलय दैलेख र गोठपाडा कृषक सहकारी संस्था दैलेखको संयुक्त आयोजनामा बैंकको स्वीकृत वार्षिक कार्यक्रम अनुसार ६८ वटै शाखामा सहकारी बाल क्लव गठन गर्ने कार्यक्रम अनुसार सहकारी बाल क्लव गठन गरिएको शाखा प्रमुख सुरेन्द्र शाहीले बताए ।
तीन खम्बे अर्थनीतिको एक प्रमुख खम्बा सहकारी क्षेत्रपनि भएकोले विद्यार्थीहरुलाई विद्यालय तह देखिनै सहकारी शिक्षा तथा वित्तीय साक्षरताको ज्ञान प्रदान गर्दै सहकारीको माध्यमबाट दिगो विकास हासिल गर्न सकिने बिषयमा कार्यक्रममा उपस्थित विद्यार्थीहरु बीच छलफल भएको थियो ।
बालबालिकाहरुलाई सहकारिमा आवद्ध गराई सहकारीको अभ्यास गराउने, बचत गर्ने बानिको विकास गराउने, नेतृत्व क्षमताको विकास गराउने, वित्तीय साक्षरता मार्फत वित्तीय ब्यवस्थापन बाल क्लव गठन गरिएको हो ।
बाल क्लवको अभिभावकको रुपमा विद्यालयका प्रधानाध्यापक जिबराज तिमिल्सेना रहेका छन् भने संरक्षकको रुपमा गोठपाडा कृषक सहकारी संस्था रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार