दैलेखमा सुरु भयो अन्तर प्रदेशिय बुद्धिचाल प्रतियोगिता

असोज १, दैलेख
संविधान दिवसको अवसरमा दैलेखमा अन्तरप्रदेशिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । दैलेख बुद्धिचाल संघ दैलेखको आयोजनामा संचालन भएको अन्तरप्रदेशिय बुद्धिचाल प्रतियोगिता तीन दिन सम्म संचालन हुने बताइएको छ । शुक्रवार नाराण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले उक्त प्रतियोगिताको उद्घाटन गरेका छन ।
खेलको उद्घाटन गर्दै नगर प्रमुख खड्काले राष्ट्रलाई देश तथा अन्तर्राष्ट्रिय स्तरमा छिटौ चिनाउन सक्ने खेलकुद क्षेत्र रहेको बताउँदै सबै खेलाडीलाई स्वस्थ्यप्रतिस्पर्धामा गएर खेल्न आग्रह गरे । उनले दैलेख जिल्ला पञ्चकोशी पुण्यभूमि भएका कारण यहाँ रहेका धार्मिक , पर्यटकियल क्षेत्रको अवलोकन गर्न खेलाडीलाई आग्रह गरे ।
बुद्धिचाल संघका केन्द्रिय प्रतिनिधि शक्ति बहादुर बुढाले अन्तरप्रदेश स्तरीय प्रतियोगिता तीन विद्यामा संचालन भएको बताए । उनले प्रतियोगिता अन्तर्गतको पुरुष खुला प्रतिस्पर्धातर्फ पहिलोदेखि दशौ स्थान हासिल गर्नेलाई पुरस्कार स्वरुप क्रमशः ३० हजार २० हजार, १५ हजार,१० हजार, सात हजार, पाँच हजार चार हजार, तीन हजार, दुई हजार पाँच सय र एक हजार पाँच सय प्रदान गर्न गरिने बताए ।
त्यसै गरी प्रतियोगिता अन्तर्गतको महिला खुला प्रतिस्पर्धातर्फ पहिलोदेखि दशांै स्थान हासिल गर्नेलाई पुरस्कार स्वरुप क्रमशः २० हजार १५ हजार, १० हजार, पाँच हजार, चार हजार, तीन हजार दुई हजार, एक हजार पाँच सय, एक हजार प्रदान गर्न गरिने बताइएको छ ।
यस्तै विद्यार्थीतर्फको छात्र छात्राको खेलमा पहिलोदेखि तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमश पाँच हजार ,चारहजार, तीन, र दुई हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै भेट्रान तर्फ ५० वर्ष माथिका खेलाडीलाई क्रमस पाँच हजार, तीन हजार, दुई हजार पुरस्कार प्रदान गरिने छ । स्थानीय खेलाडी तर्फ प्रथम, दितिय र तृतिय हुने खेलाडीलाई क्रमस पाँच हजार, तीन हजार, दुई हजार पुरस्कार प्रदान गरिने आयोजक संथाका सचिव मदन पाण्डेले जानकारी दिए ।
दैलेख बुद्धिचाल संघ दैलेखका जिल्ला कार्यसमितिका अध्यक्ष निरक बहादुर रावलले संविधान जारी दिवसका अवसरमा बुद्धिचाल संघले विभिन्न प्रतियोगिता संचालन गरेको भएपनि कोरोना महामारीका कारण दुई वर्ष खेल रोकिएको भएपनि यो वर्ष कोरोना महामारी न्यूनिकरण उल्मुख भएका कारण कार्यक्रम संचालन गरेको बताए ।
उनले सात वटा प्रदेश बाट तीनै विद्यामा खेलाडी सहभागी भएको बताए । दैलेख बुद्धिचाल संघको एकल प्रयासबाट खेलको आयोजना गरिएको बताउँदै सबैलाई सहयोग गर्न आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार