संविधान दिवसको अवसरमा ऐतिहासिक कोतगढी सरसफाई


दैलेखः संविधान दिवसको अवसर पारेर दैलेखको ऐतिहासिक कोगढीमा सरसफाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको अगुवाईमा गडी सफाई गरिएको हो ।
तत्कालिन समयमा युद्ध किल्लाको रूपमा चिनिने कोतगढीमा उम्रिएको घाँस काटिएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अगुवाईमा सुरक्षाकर्मी, कर्मचारी र स्थानीयहरुद्धारा गढी सरसफाई गरिएको छ ।
ढुङ्गै ढुङ्गाले निर्माण गरिएको किल्लाको संरक्षणका लागि गत वर्ष पर्खाल निर्माण गरिएको छ । आन्तरिक र बाहय पर्यटकहरुका लागि सहज पहुँच बिस्तार गर्ने बारेमा भने अहिलेसम्म ठोस काम हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार