असोज २, दैलेख
खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड दैलेखले महान चाड विजया दशमी, दिपावली तथा छटको अवसरमा आम नागरिकहरुका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
सुपथ मुल्य पसलमा सवै प्रकारका गहुँ र चामल बिशेष छुटमा बिक्रि बितरण भइरहेको दैलेखका निमित्त प्रमुख रविन्द्र कुमार रेग्मीले जानकारी दिएका छन् ।
असोज १ गतेदेखि सुपथ मूल्य पसलको सञ्चालन गरिएको छ । शाखाको गोदाम घरबाटै आम नागरिकहरुले सहज सेवा पाउने भएका छन् । सेवाग्राहिहरुले नागरिकताको फोटोकपी ल्याउन भनिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दैलेखद्धारा बिक्रि बितरण गरिने मुल्य भन्दा प्रतिक्वीन्टर रु ५ सय छुट दिएको रेग्मीले जानकारी दिएका छन् ।









