स्वास्थ्यमा लापरवाही नगरौं, डाक्टरको सल्लाह लिऔं, सुरक्षित बसौं

विगत एक महिनादेखि दैलेख लगायतका विभिन्न जिल्लाहरुमा भाइरल ज्वरोको प्रकोट बढ्दै गएको छ । कोरोना संक्रमणको जोखिम घट्दै गएको भएपनि भाइरल ज्वरोको प्रकोप भने दिनप्रतिदिन बढ्दै गएको छ ।
कोरोनासँग मिल्दोजुल्दो सबै लक्षणहरु भएपनि बिरामीहरुले स्वास्थ्य संस्थामा गएर कोरोना जाँच गरेको भेटिदैन्, भाइरल भनेर लापरवाही गर्दा त्यसले स्वास्थ्यमा ठूलो चुनौती थप्न सक्ने स्वास्थ्यकर्मीहरुको सुझावलाई सबैले मनन गर्नुपर्ने देखिएको छ ।
दैलेखमा पाँच वर्ष मुनिका बालबालिकाहरूमा भाइरल ज्वरोको प्रकोपनै देखिएको छ ,बालबालिकासँगै बृद्धबृद्धा र अन्य युवाहरुमा पनि रुघाखोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षणसहित बिरामीहरुको संख्या बढ्दै गएको छ ।
ज्वरो आयो भन्दै अहिले बालवालिकाहरु र आम नागरिकहरुलाई बिभिन्न क्लिनिकहरुबाट आईडोजका औषधिहरु चलाएको भन्दै स्वास्थ्य सेवा कार्यालय दैलेखका डाक्टरहरुले अनावश्यक औषधि नचलाउन सुझाव समेत दिएका छन् ।
बिशेष गरेर बालवालिकाहरुलाई प्रयोग गरिने औषधिहरु उनिहरुको स्वास्थ्य जाँच गरेर मात्र प्रयोग गर्नुपर्ने भएकोले आम नागरिकहरुले बालवालिकाहरु बिरामी हुँदा स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सुझाव र सल्लाह अनुसार औषधि सेवन गर्न अनुरोध गरेका छन् ।
हरेक अभिभावहरुले स्वास्थ्य सुरक्षाका बिषयहरुमा जिम्मेवार हुनुपर्ने देखिएको छ । अहिलेपनि कोरोना संक्रमण बढीरहेका कारण अनिवार्य कास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, सावुन पानिले मिचिमिचि हात धुने जस्ता बिषयहरुमा सचेत हुनपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार