काठमाडौंः सोमवार देशभर एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १३ हजार ८ सय १७ जनामा परीक्षण गर्दा सो संख्यामा सक्रमण पुष्टि भएको हो ।
नेपालमा सोमबार सम्म संक्रमणको दर १९.२ प्रतिशत छ । यस्तै सक्रिय संक्रमित २२ हजार ३ सय २३ जना छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १० र २०० भन्दा बढी संक्रमित हुने जिल्ला १९ पुगेका छन् । सोमबार दुई हजार ९ सय ५७ जना संक्रमणमुक्त भएका छन् । सोमबारसम्म सात लाख ५२ हजार १ सय ७० संक्रमणमुक्त भई घर फर्किएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९५.८ प्रतिशत छ ।
कोरोना संक्रमणबाट सोमबार आठ जनाको मृत्यु भएको छ । सोमबार सम्म कोरोना संक्रमणबाट११ हजार ४८ जनाको मत्यु भएको छ । नेपालमा प्रति १० लाखमा ३७२.४ जनाको संक्रमितको मत्यु भएको छ । यस्तै मन्त्रालयका अनुसार सोमबार सम्म ३ सय ७१ जना सघन उपचार कक्ष (आइसियु), १ सय ८ जना भेन्टिलेटर, २० हजार ८ सय ९१ जना होम आइसोलेशन, एक हजार ४ सय ३२ जना संस्थागत आइसोलेशन र २ सय ६४ जना क्वारेन्टिनमा छन् ।
सोमबार २२ हजार १ सय ९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सोमबारेसम्म ६२ लाख १५ हजार ८ सय ५६ जनाले पहिलो मात्रा र ५५ लाख ८८ हजार ५ सय १७ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।









