अनाधिकृत ‘ढुङ्गा, गिट्टी, बालुवा’ उत्खनन् नगर्न आग्रह

असोज ५, दैलेख
जिल्लाको भैरवी गाउँपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने खोलाहरूबाट अनाधिकृत ‘ढुङ्गा, गिट्टी, बालुवा’ उत्खनन् नगर्न आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
ढुङ्गा, गिट्टी, बालुवा, संकलन सम्बन्धित कार्य ठेक्का प्रक्रियाद्धारा भइरहेकोमा गाउँपालिका क्षेत्रमा पर्ने दुई वटै खोलाहरूबाट माछा मार्ने तथा ढुङ्गा गिट्टी बालुवा संकलन गर्ने कार्य अनाधिकृत व्यत्तिहरुबाट नियम विपरीत गर्ने गरेको बुझिएकाले यस्तो कार्य नगर्न गाउँपालिकाले आग्रह गरेको छ ।
अवैध कार्य गरेका पाइएमा प्रचलित कानुन बमोजिम दिनजन्य सामाग्रीहरू जफत गरी तोकिए बमोजिमको दण्ड जरिवाना गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालिद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार