जनमोर्चा दैलेखको अध्यक्षमाः विष्ट

असोज ६, दैलेख
राष्ट्रिय जनमोर्चा दैलेखको अध्यक्षमा भीम सिंह विष्ट चयन भएका छन् । बुधबार दैलेख बजारमा सम्पन्न पाँचौ जिल्ला भेलाले विष्टको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लोकपाल थापा, सचिव कृष्ण केसी, सहसचिवमा नरबहादुर सिंह र कोषाध्यक्ष नन्दा आचार्य चयन भएका छन् ।
सदस्यहरुमा शेरबहादुर सिंह, जनक मल्ल, धुमबहादुर विष्ट, जनक रेग्मी, हर्क रेग्मी, जोरासिंह थापा, खगेन्द्र खत्री, भरत थापा, दीपक थापा, मानबहनदुर चन्द, कमल बरै, तुलाराम विष्ट, रमा थापा, निशा कठायत, लालबहादुर थापा र खगेन्द्र खत्री रहेका छन् ।
त्यसैगरी भेलाले सल्लाहकारमा भक्तबहादुर विक, विष्णु शर्मा, प्रेमप्रसाद शर्मा र जगतप्रसाद रेग्मीलाई चयन गरेको छ । सोही भेलाले ७ सदस्सीय सचिवालय समेत गठन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज जनकराज शर्माले अहिले देशमा विदेशी हस्तक्षेप बढ्दै गएको र राष्ट्रियता, स्वाधिनता र अखण्डतामाथि आँच पुगेको बताए ।
नेता शर्माले लोकतन्त्र र गणतन्त्रको रक्षा तथा राष्ट्रियताका लागि शक्तिशाली आन्दोलन उठाउनुपर्ने आवश्यकता औँल्याए । भेलाको अध्यक्षता राजमोका जेष्ठ सदस्य शेरबहादुर सिंहले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार