काँग्रेसको पालिका अधिवेशन ९ पालिकामा सकियो निर्वाचन


असोज १०, दैलेख
नेपाली काँग्रेस दैलेखको पालिकास्तरको निर्वाचन ९ वटा पालिकामा सम्पन्न भएको छ । भैरबी र आठविसमा निर्वाचन बाँकी रहेको नेपाली काँग्रेस दैलेखका पार्टी सभापती कृष्णकुमार बि.सी.ले जानकारी दिएका छन् । बि.सी.का अनुसार ९ पालिकामा सम्पन्न निर्वाचन मध्ये दुल्लू र भगवतीमाईमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने अन्य स्थानमा निर्वाचन मार्फत नेतृत्व चयन भएको छ ।
नारायण नगरपालिकामा मनोज थापाले ९० मत प्राप्त गरेर नगर सभापति निर्वाचित भएका छन् । प्रतिद्धन्द्धी सुवास थापाले ८४ मत प्राप्त गरेका छन् ।
नौमूले गाउँपालिकामा गंगबहादुर शाहीले ४७ मत प्राप्त गरेर बिजयी भएका छन् । प्रतिद्धन्द्धी कर्णबहादुर शाहीले ३७ र मोतिलाल बस्नेतले ३४ मत प्राप्त गरेका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिकामा जगतबहादुर शाहीले ७६ मत प्राप्त गरेर बिजयी भएका छन् । प्रतिद्धन्द्धी जोगि शाहीले ७० मत प्राप्त गरेका छन् । डुङ्गेश्वर गाउँपालिकामा भिमबहादुर भट्टले ६२ मत प्राप्त गरेर बिजयी भएका छन् । प्रतिद्धन्द्धी गंगाबहादुर खत्रीले ३८ मत प्राप्त गरेका छन् । गुराँस गाउँपालिकामा चन्द्रप्रसाद भट्टराई बिजयी भएका छन् । दुल्लूमा लालबहादुर रावत, ठाँटीकाँधमा विष्णुप्रसाद रिजाल बिजयी भएका छन् । भगवतीमाई गाउँपालिकामा खगेन्द्रबहादुर शाही पालिका सभापति चयन भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार