कुनै पनि देशका नागरिकलाई सुरक्षित महसुस गराउँनु राज्यको प्रमुख दायित्व हो । आम नागरिकलाई जस्तो सुकै पस्थितिमा पनि राज्यद्धारा सुरक्षि महसुस गराइएको खण्डमा सरकार प्रति नागरिकको बिश्वास रहन्छ ।
चाडवाड नजिकीय सँगै रमाइलो गर्ने बहानामा समाजमा हुने÷गरिने अमानवीय कार्यलाई रोक्दै प्रशासनले मर्यादित तरिकाबाट समाजलाई अघि लौजानु प्रमुख दायित्व हो । समाज विकासको मजवुद पक्ष त्यहाँका नागरिकले सुरक्षित महसुस गर्नु पहिलो भएकाले सभ्य समाज निर्माणका लागि सबैको भूमिका अपरिहार्य रहन्छ ।
विगतका केहि घटनाक्रमलाई केलाउने हो भने चाडवाडका समयमा केहि वढि मात्रामा समाजमा अमर्यादित कार्यहरु हुँदै गएका देखिन्छन् । त्यस्ता कार्यलाई रोकेर शहर, गाउँ, समाजमा हुने हिंसात्मक कार्य प्रति जवाफदेहिता अपनाउदै राज्यले काम गर्नु पर्दछ ।
आम नागरिकको दायित्व सभ्य समाज निर्माणका लागि महत्वपूर्ण हुने भएकाले आ–आफ्नो स्थानबाट समाजलाई सुरक्षित गराउन भूमिका निर्वाह गर्नु पर्दछ । गाउँमा भन्दा शहरी क्षेत्रमा चाडवाडका वेला हुन सक्ने अपराधिक कार्यहरुलाई नियाल्दै सरकारी पक्षले सुरक्षा व्यावस्थालाई ध्यान दिनु पर्दछ ।
पछिल्लो समय युवाहरु कुलतको बाटोमा अग्रसर हुने गरेको केही अध्ययनले पुष्टि गरेको छ । समाजमा हुने विधंश मौलाउने कार्यमा उनीहरुको संलग्नता बढि देखिने गरेकाले राज्यले युवाजनशक्तिलाई सही मार्गमा ल्याउन ठोस कदम चालेको खण्डमा सभ्य समाज निर्माणमा जोड पुग्ने देखिन्छ । अन्य देशको तुलनामा नेपालको शान्ति सुरक्षा कमजोर भएको विभिन्न घटनाक्रमले देखाउँछ । जसका कारण राज्ये ठूलो क्षति व्यहोर्दै आएको छ ।
पुराना दिनका घटनाक्रमबाट राज्ये सिक्दै देशको शान्ति सुरक्षामा राज्यले सुधार ल्याउनु पर्ने हुन्छ । सरकारले चालेका सुरक्षा कदमहरु जनताले सहज महसुस गर्न सकुन् ।








