दैलेखमा विपद् न्यूनिकरण दिवस मनाइने

दैलेखः दैलेखमा पनि विपद् न्यूनिकरण दिवस बिभिन्न कार्यक्रम गरि मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखमा बसेको विपद् व्यवस्थापन समितिले गरेको निर्णय अनुसार यस वर्षको दिवस ‘जुटेर मात्र सम्भव छ विपद् जोखिम न्यूनिकरण’ भन्ने नाराकासाथ मनाउन लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको बैठकले विपद् व्यावस्थापन र जोखिम न्यूनिकरण सन्र्दभमा यहाँका रेडियो र टेलिभिजनबाट विपद् व्यावस्थापनका क्षेत्रमा कार्य गर्ने सरकारी क्षेत्र र समाजिक सस्था सँग विपद् न्यूनिकरणका विषयमा आज शनिवार छलफल गर्ने उल्लेख गरिएको छ ।
यस्तै, यहि असो १९ गते सम्पूर्ण सरोकारवालाहरुसँग विपद् न्यूनिकरण सम्बन्धी अनुभव आदान प्रधान सम्बन्धि अन्र्तक्रिया कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । बैकमा बोल्दै प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले विपद् न्यूनिकरण गर्ने दायित्व नागरिक सरोकारवाला सबैको बराबर रहेकाले सम्पूर्ण एक भएर लाग्नु पर्ने धारण राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार