रैथाने वाली संरक्षणमा सवै निकायहरुको संयुक्त अभियान जरुरी

पहाडी जिल्लामा ४० वर्ष अघि उत्पादन हुने विऊहरु अहिले भेटीदैनन्, गुँणेको धान भनेर परिचित धान अहिले हराउँदै गएको छ । गुँडेको धान पाक्ने धान रोपिएको वरपर बास आउने गर्दथ्यो त्यती मात्र हैन्, गुणेको भात पकाएको भनेर छिमेकमा समेत थाहा हुन्थ्यो त्यस्ता पुराना र रैथाने बालीहरुले अहिले हराउँदै गएका छन् ।
कर्णालीको महत्वपूर्ण उत्पादन र निकै पोषिलो खाना भनेर परिचित भएको कोदो, फापर, कागुनो जस्ता रैथाने वालीहरु अहिले हराउँदै गएका छन् । बालीनालीहरुमा प्रयोग हुने बिभिन्न बिषादीहरुका कारण रैथाने वालीहरु नास हुँदै गएका छन् ।
स्थानीय कला संस्कृति र रैथाने बाली जोगाउने काममा स्थानीय सरकार, बिभिन्न गैर सरकारी निकायहरुले साझा अभियानको थालनी गर्न सकेमा बाली संरक्षणमा सहयोग पुग्ने देखिन्छ ।
परम्पारगत खानाको परिकारमा रहेको सिस्नो र ढिडोको परिकार नेपालमा हेलाको भएपनि बिदेशी समुदायका लागि निकै चासोको बिषय बनेको छ । अर्गानिक वालीहरुको उत्पादन मात्र नभइएर त्यसबाट बन्ने परिकारहरुको निर्माण र स्थानीय कला संस्कृतिको संरक्षणका लागि हरेक पालिकाले कुनै एउटा स्थानलाई प्राथमिकतामा तोकेर स्थानीय स्तरमै रोजगारीका अवसर सृजना गर्न सकेमा यसले बाली संरक्षण, बजारीकरण र आर्थिक उर्पाजनमा सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार