
असोज १८, दैलेख
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले नेकपा (एमाले) को बिभाजन नभई त्यसको पुर्नगठन भएको बताएका छन । समाजबादी पत्रकार संगठनले सोमबार दैलेखमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।
लामो त्याग बलिदानी र संघर्ष बाट प्राप्त भएका उपलब्धी माथि एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्रीले प्रहार गर्न थालेपछि आफुहरु त्यसको बिरुद्धमा लागेको ज्वालाले बताए ।
उनले भने, संविधानमा प्रधानमन्त्रीले प्रतिनिधि सभा भंग गर्न नसक्ने गरी ब्यवस्था भएको भएपनि प्रधानमन्त्रीले त्यसमा पटक–पटक प्रहार गर्नुभयो उहाँ दक्षिण पन्थि धारमा हिडेकाले एमाले अव कम्युनिष्ट पार्टी नभएको आरोप लगाए ।
एमाले भन्दा दुई सिट बढि जित्छौंः झाँक्री
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले एमाले पार्टी भन्दा समाजवादीले पार्टीले आगामि निर्वाचनमा दुई सिट बढि जित्ने दावि गरेकी छन् । समाजवादी दैलेखले सोमबार आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीलाई दक्षिणपन्थी भएको आरोप लगाइन् । सचिव झाँक्रीले केपी ओलीको अकर्मण्यताका कारण अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउनुपरेको बताइन् ।
तीनै तहका निर्वाचनहरु समयमै सम्पन्न हुने बताउँदै झाँक्रीले भनिन् हाम्रो पार्टीले आगामी निर्वाचनसम्म नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्नेछ । उनले निर्वाचनमा पनि नेपाली काँग्रेससँगै सहकार्य गरेर अगाडि जाने बताइन् ।
भेलामा कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री अम्मर बहादुर थापा लगायतका वक्ताहरुले बोलेका थिए ।









