असोज २४, दैलेख
जिल्लाको महाबु गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । एमाले दैलेखका पार्टी अध्यक्ष रविन्द्र राज शर्माको प्रमुख आथित्यतामा अगुवा कार्यकर्ता भेला शनिवार सम्पन्न भएको हो ।
कार्यक्रममा एमालेका नेता कार्यकर्ताको ठूलो सहभागिता रहेको थियो । भेलामा सहभागि भएका स्थानीय नेता कार्यकर्ताहरुले एमाले मात्र देशको विकास गर्ने पार्टी भएकाले केही दिनका लागि लोभ देखाउनेहरुका पछाडी नलाग्न नेताहरुले सुझाव दिएका छन् ।
नेकपा एमाले महाबु गाउँकमिटिका अध्यक्ष मिन बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको भेलालाई सम्बोधन गर्दै एमाले दैलेखका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य रबिन्द्रराज शर्माले दक्षिण पन्थि धारमा लागेर एमाले सक्काउन लागेका माधव नेपालको पछि जनता नभएको र उनको भ्रमको खेतीमा नलाग्न एमालेका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
भेलामा एमालेका स्थानीय नेता कार्यकर्ताको ठूलो सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा, एमाले प्रदेश कमिटी सदस्य सुर्यबहादुर शाही, लोमन शर्मा, पूर्ण बहादुर शाही र गोपाल नेपाली लगायतको सहभागिता रहेको थियो ।









