भगवतीमाईमा अन्तरपालिका स्तरीय खेलकुद महोत्सव हुने

दैलेखः दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडामा अन्तरपालिका स्तरीय खेलकुद महोत्सव हुने भएको छ । दीपावलीको अवसर पारी गाउँपालिकामा अन्तरपालिका स्तरीय खेलकुद महोत्सव गर्न लागिएको भगवतिमाई गगाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष समशेर खड्काले बताए ।
भगवतीमाई खेलकूद विकास समितिको आयोजना र गाउँपालिकाको समन्वयमा ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने मूल नाराका साथ यहि कात्तिक १४ गतेदेखि १७ गतेसम्म भगवतीमाई खेलकुद महोत्सव २०७८ को आयोजना गर्न लागिएको जनाइएको छ ।
खेलमा कर्णाली प्रदेशका १० जिल्लाका सबै पालिका सहित छिमेकी जिल्ला अछामका खेलाडीहरूलाई सम्मेत समेट्ने गरि खेलकुद महोत्सवको आयोजन गर्न लागिएको र खेलमा भलीवलसँगै व्याटमेन्टिन प्रत्योगिता हुने अध्यक्ष खड्काले बताए । खेलकुदमा सहभागी हुने खेलाडीहरूले यही १३ गते सम्म टिम दर्ता गर्न पाउने जनाइएको छ ।
करिब ४ दिन चल्ने खेलकुद महोत्सवमा भलिबल तर्फ प्रथम पुरस्कार १ लाख ११ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, द्धिृतिय पुरस्कार ६१ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार ३१ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ सहित ट्रफी, पाउने गरी व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यस्तै, व्यामेन्टेन तर्फ प्रथम पुरस्कार १८ हजार, द्धितिय पुरस्कार १२ हजार, तृतिय पुरस्कार ७ हजार र उत्कृष्ट पुरस्कार २ हजार रहेको गाउँपालिका खेलकुद बिकास समितिका अध्यक्षय समशेर खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार