स्वास्थ्यकर्मी र स्वयंसेवीकाहरुलाई प्रतिकार्य तालिम


दैलेखः दैलेखको नारायण नगरपालिका र दुल्लू नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंमसेवीका, स्वास्थ्यकर्मी, सामुदायिक मनोसामाजिक कार्यकर्ता, ममला व्यवस्थापकलाई प्रतिकार्य तालिम प्रदान गरिएको छ । कोरोना भाईरस कोभिड–१९ को सन्र्दभ सँगै लैगिंक हिंसा रोकथाम तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत २ दिने तालिम प्रदान गरिएको हो ।
लैगिंक हिंसामा परेका महिलाहरुको समस्या पहिचान, उपचार सेवा बिधि, कानुनी उपचार सेवा, परामर्स सेवा, लगायतका बिषयहरुमा तालिम प्रदान गरिएको हो ।
मानसिक स्वास्थ्य तथा परामर्स केन्द्र नेपाल, यूरोपियन यूनियन, यू एन.एफ.पि.ए को आर्थिक सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो ।
तालिमको सहजिकरण सामुदायिक मनोसामाजिक कार्यकर्ता संयोजक प्रमिला आरसी, मनोसामाजिक परामर्सकर्ता अम्बीका पुलामी, मनोसामाजिक सुपरिवेक्षक हिमाल गैरेले गरेका थिए ।
मानसिक स्वास्थ्य तथा परामर्स केन्द्र नेपालको सहयोग र स्वास्थ्य सेवा कार्यालय दैलेखको समन्वमा जिल्ला अस्पताल दैलेखमा रहेको एकद्धार सवलीकरण यन्त्रले महिला हिंसा लगायतका अन्य समस्यामा परेका नागरिकहरुको लागि एकिकृत रुपमा सेवा सञ्चालन गरिरहेको सुपरिवेक्षक हिमाल गैरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार