सुर्खेत दैलेख गुराँसे खण्ड एक महिनासम्म अवरुद्ध

मंसिर १५, दैलेख
सुर्खेत देखि दैलेख आउने खण्ड मध्येको ५० किमी सडक खण्ड एक महिना सम्म बन्द गरिएको छ । दैलेख आउने यात्रुवाहक सवारी साधनहरु कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतदेखि तल्लो डुङ्गेश्वर हुँदै दैलेख आउन जिल्ला प्रशासन कार्यालय दैलेखले सूचना जारी गरेको छ ।
मंसिर १५ देखि पौष १५ गतेसम्म सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।
दैलेख–सुर्खेत सडक खण्डमा पर्ने गुराँस गाउँपालिकाको गाई बान्ना (घाम ताप्ने) भिरमा चट्टान फोडेर सडक फराकिलो गर्नुपर्ने भएपछि एक महिनालाई सडक अवरुद्ध गरिएको हो । साना सवारी साधन (जिप, कार र मोटरसाइकल) आऊ–जाऊ गर्न सकिने भए पनि अन्य यात्रुवाहक र मालवाहक सवारी साधनहरूलाई सुर्खेतदेखि बांगेसिमल, तल्लो डुङ्गेश्वर हुँदै माथिल्लो डुङ्गेश्वर सडक खण्ड प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार