राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता अधिवेशन सम्पन्न भएको छ । एकता अधिवेशनले पार्टीलाई नयाँ उचाइमा पु¥याउने सोच गरेका नेताहरुमा चुनावी परिणाम पछि केही तिक्तताका संकेतहरु देखिएका छन् ।
नेपालको राजनीति दलभित्रको दृश्यलाई हेर्ने हो भने फुट्ने र जुट्ने क्रम लामो समयदेखिनै चलिरहेको छ । अल्पविकसित मुलुक नेपालमा दिगो विकास गर्नका लागि पनि स्थायी सरकार र स्थायी संरचनाहरुको जरुरी छ । मुलुकको आर्थिक विकासका लागि पार्टीहरु पनि सशक्त हुनुपर्ने आवश्यकता हो तर पार्टी भित्रको आन्तरिक बिवादले नेपालमा ठूलो पार्टी हुने अवसर धेरैले गुमाएका छन् ।
केही सयम बिभाजनमा पुगेको राप्रपाले पुनः एकता अधिवेशन सम्पन्न गरेको छ । पार्टी अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिंग्देन वीच चुनावी प्रतिश्पर्धा चलिरहँदा मत परिणाम पछिको दृश्यहरुले राप्रपाको एकतामा अँझै समस्या हुने हो कि भन्ने चिन्ता व्यक्त गर्नेहरुको पंती पनि धेरै देखिएको छ ।
चुनावको प्रतिश्पर्धामा पुगेपछि हार जित स्वभाविक हो तर नेपालका सबै पार्टी भित्र अन्तरपार्टी संर्घष चुलिदै जाँदा अन्त्यमा पार्टी बिभाजन हुने र पुनः पार्टी एकता हुने प्रचलन भने नयाँ होइन ।
यस्तो अवस्थामा राप्रपाले आगामी दिनहरुमा कस्ता खाले एजेण्डाहरु ल्याएर अघि बढ्ने हो त्यो भने हेर्न बाँकी नै छ ।








