खैरो हिरोइन सहित ३ जना पक्राउ

मंसिर २१, दैलेख
दैलेखमा नयाँ प्रहरी प्रमुख जिल्ला आएसँगै लागु औषध कारोबारीको निगरानी सूक्ष्म रूपले हुँदै आएको छ । सूक्ष्म निगरानीकै क्रममा दैलेखमा खैरो हिरोइन सहित तीन जना पक्राउ परेका छन् ।
दैलेखमा लागु औषधको कारोबार भई रहेको छ भनी गोप्य सूचना प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी परिचालन भई सूक्ष्म निगरानी बढाइएको थियो सोही क्रममा तीन जना व्यक्ति खैरो हिरोईन ६९० मिलिग्राम सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले जानकारी दिएका छन् ।
दैलेख नारायण नगरपालिका वडा नं. १ पुरानो बसपार्कबाट राती ११ः३० बजे बर्दिया जिल्ला साबिक बेलवा–७ हाल बास गढी नगरपालिका वडा नं. २ बस्ने वर्ष २६ को विक्रम मल्ल, जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १० हाई स्कुल चोक बस्ने वर्ष २३ को गणेश के.सी र वर्ष २६ को हेमन्त साउँदलाई नियन्त्रणमा लिई खानतलासी गर्दा तीनै जना सँग खैरो हिरोइन जस्तो देखिने धुलो ६९० मिलिग्राम र प्रमाणमा लाग्ने अन्य सामानहरू फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानको लागी १० दिन म्याद थपी हिरासतमा राखिएको ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार