
मंसिर २७, दैलेख
कोरोनाबाट प्रभावित भएका युवा, एकल महिला र घरेलु हिंसामा परेका महिलाहरुलाई बाख्रा बितरण गरिएको छ । गुराँस गाउँपालिका–६ का २५ जना किसानलाई बाख्रा बितरण गरिएको हो ।
गुराँस गाउँपालिका, युनएन डिपिको आर्थिक सहयोग र महिला सशक्तिकरण मञ्च नेपालको साझेदारीमा संचालित कोभिड–१९ रेस्पोन्स एण्ड सोसियो इकोनोमि कार्यक्रम दोस्रो चरणमा अन्र्तगत प्रति किसान पाँचका दरले खरी जातको बाख्रा बितरण गरेको महिला सशक्तिकरण मञ्च नेपालले जानकारी दिएको छ ।
महिला सशक्तिकरण मञ्च नेपाल दैलेखका अध्यक्ष सुनिता चन्दले आर्थिक अवस्था कमजोर भएका, कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वेदश फर्केका, घरेलु हिसामा परेका र एकल महिलाहरुलाई बाख्रा बितरण गरेको जानकारी दिइन् । उनले परियोजना मार्फत पहिलो चरण खोर निर्माण गर्न आवश्यक सामग्री बितरण गरिएको र खोर निर्माण भएपछि बाख्रा बितरण गरिएको जानकारी दिइन् ।
नयाँ गोरेटे पशुपंक्षी समुहका गौरी दमाईले कोरोना कारण रोजगारी गुमाएका, घरेलु हिंसामा परेकाहरुको आय आर्जनमा टेवा पु¥याउने उद्देश्यले बाख्रा बितरण गरेको भन्दै सहयोगि निकायलाई धन्यवाद दिइन् । उनले आर्थिक अवस्था कमजोर भएका किसानका लागि राहत हुने बताइन् ।
उनले भने ‘कोरोनाको पहिलो, दोस्रो लहर भोग्यौ रोजगारी केही छैन रोजगारी गर्न भारत जानेहो त्यहा जोखिम कायमै छ फेरी तेस्रो लहर आएको छ । गाउँमै बाख्रा पालन ब्यवसाय गर्ने मनशायले सस्थाले दिएको र अन्य थप गरे बाख्रा पालन ब्यबसाय गर्ने मनस्थितिमा छांै ।’









