नेकपा एमाले दैलेख अधिवेशन बन्द सत्र सकियो आज मनोनयन


पुस २४, दैलेख
नेकपा एमाले दैलेखको सातौं जिल्ला अधिवेशन उद्घाटन सँगै बन्द सत्र सकिएको छ । बन्दशत्रमा अध्यक्ष रबिन्द्रराज शर्माले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पारित भएको छ । त्यस्तै आर्थिक प्रतिवेदन समेत पारित भएको छ ।
अधिवेशनले नयाँ नेतृत्व चयनका लाग अध्यक्ष मण्डल गठन गरेको छ । पोलिटव्यूरो सदस्य एवं दैलेख इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलेको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलले अन्तिम नामावलीका लागि निर्वाचन समितिलाई पेश गरेर आइतवार बिहान नामावली सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
शनिवार रातिसम्म सर्वसम्मतिका लागि अधिकतम कोशीस गर्ने र सर्वसम्मति नभए चुनावी प्रक्रिया अघि बढाउने तयारी भएको नेताहरुले जानकारी दिएका छन् ।
वर्तमान अध्यक्ष रबिन्द्र शर्मा र नेता सुर्य शाहीको व्यवस्थापनमा चुनौती
पुराना र पाका नेताहरुको पहिचान बनाएका वर्तमान अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्मा केन्द्रीय सदस्य र प्रदेश कमिटीमा समावेश नभएपछि उनको व्यवस्थापनको बिकल्प पार्टी अध्यक्ष मात्रै भएको एक नेताले जानकारी दिएका छन् । रबिन्द्र शर्मालाई पार्टी अध्यक्ष नवनाउने अवस्था भए उनलाई प्रदेश अध्यक्षका लागि बाटो खुल्ला गरिदिनुपर्दछ तर दैलेखबाटै पहिलोपटक बिनोद कुमार शाहले प्रदेश अध्यक्षको पद प्राप्त गरेकोले आगामी प्रदेश अधिवेशनमा पनि उनैलाई अध्यक्ष बनाउने गरी तयारी थाल्नुपर्ने देखिएको छ ।
रबिन्द्रराज शर्मालाई सर्वसम्मत अध्यक्ष बनाउने अवस्था आएमा पूर्व जिविस उपसभापति र प्रभावशाली नेता मानिएका सुर्य बहादुर शाहीलाई कुनै न कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाही यस अघिको छैठौं अधिवेशनमा वर्तमान अध्यक्ष रबिन्द्रराज शर्मासँग पराजित नेता हुन शाहीको पनि पार्टी अध्यक्षमा तिब्र आकाँक्षा देखिएको छ । उनको व्यवस्थापन पनि अहिलेको चुनौती हो ।
सर्वसम्मत नेतृत्व चयन भएको खण्डमा आगामी निर्वाचनमा दुवै क्षेत्रका जित हात पार्न सकिने र अहिलेनै बिवाद भए एमालेमा थप समस्या सृजना हुने एक नेताले बताए ।
युवाहरुमा नेतृत्वको तीब्र चाहना
नेकपा एमालेबाट प्रतिनिधि चुनिएर आएका युवाहरुमा नेतृत्वको तीब्र चाहना देखिएको छ । सबैभन्दा बढी आकाँक्षी नारायण नगर कमिटी भूगोलमा देखिएको छ । विधानअनुसार भूगोलमार्फत २ महिला र तीन पुरुषको चयन गर्नुपर्ने छ । सर्वसम्मत नेतृत्व चयन हुन नसके चुनावमा जानुपर्ने छ । कतिपय युवाहरुले पार्टीको अपानी नहेरेरै धमाधम उम्मेदवारको आकाँक्षा देखाएका छन्, कतिपयले भूगोलको राम्रो अध्ययन गरेका छैनन् तर उम्मेदावरमा तीब्र आकांक्षा देखाएका छन् । आकांक्षा देखाउनु स्वभाविक हो तर भोलिका दिनहरुमा पार्टीको वर्तमान संकट कसरी समाधान गर्ने भन्ने बारेमा ठोस कार्ययोजना भने युवाहरुले प्रस्तुत गर्न नसकेको देखिन्छ ।
नौमूले गाउँपालिकाबाट
सर्बसम्मत नेतृत्व चयन
नेकपा एमाले नौमूले गाउँ कमिटीले सर्वसम्मत नेतृत्व चयन गरेको छ । भूगोलबाट छानीने प्रतिनिधिहरुमा ५ जनाकै सर्वसम्मत नेतृत्व चयन भएको कमिटी अध्यक्ष शशिराम बि.क.ले जानकारी दिएका छन् । तीन जना पुरुष मध्ये नामाखर शर्मा, याम प्रसाद शर्मा र सन्तबहादुर चन्द छानीएका छन् । महिलातर्फ मनु कमाुरी सिंह थापा र गिता चन्द छानीएका छन् । महिलाबाट चन्द्रा राना मगर , जनजातीबाट मोहन कुमार राना र दलितबाट प्रेम बि.क.को नाम सर्वसम्मत पेश गर्ने तयारी भएको शशिराम बि.क.ले जानकारी दिएका छन् ।
अन्य १० वटा पालिकाबाट सर्वसम्मत नेतृत्व चयनको तयारी गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार