ओमिक्रोन जुन गतिमा फैलिएको छ त्यति नै छिटो नियन्त्रण पनि हुन सक्छ

हाल कोरोनाको तेस्रो लहर अर्थात् ओमिक्रोन संक्रमण समुदायस्तरमै पुगेको देखिन्छ । यो हिजोभन्दा आज र आजभन्दा भोलि बढ्ने क्रममा  छ । सरकारले जाँच गरिएकामध्ये २२ प्रतिशतमा ओमिक्रोन संक्रमण देखियो भनेर जुन समयमा तथ्याङ्क सार्वजनिक ग¥यो त्यतिवेला म आश्चर्य भएको थिएँ । किनभने हामीले ओमिक्रोन यति छिटो फैलिएला भनेर सोचेका पनि       थिएनौँ । तर, त्यतिञ्जेलसम्म हाम्रो समुदायमा ओमिक्रोन सल्बलाई सकेको रहेछ । सायद डेल्टा र ओमिक्रोन सँगसँगै फैलिएका हुनुपर्छ ।
जब हामीले ओमिक्रोनको त्रास मान्दै केही परीक्षण दायरा बढायौँ र सशंकित भयौँ त्यतिवेला त ओमिक्रोन सोचेभन्दा धेरै फैलिएको पाइयो। यद्यपि पछिल्लो समय मानिसहरू जुन समस्या वा लक्षण बोकेर अस्पताल आएका छन्, त्यो समस्याचाहिँ पहिलेजस्तो कडा र अतालिनुपर्ने जस्तो देखिएको छैन । मन्द ज्वरो आएजस्तो हुने, रुघाखोकी लाग्ने, घाँटी, टाउको, ढाड दुख्ने, थकान महसुस हुने यस्तै कमन कोल्ड लक्षण लिएर मानिसहरू अस्पताल वा पिसिआर गर्न आएका छन् । यो लक्षण ओमिक्रोनको हो । यसबाहेक वाकवाक् र पखाला लाग्ने लक्षण पनि ओमिक्रोन संक्रमितमा देखिएको पाइन्छ । तेस्रो लहरमा संक्रमित हुन पुगेकाहरू अघिकांश घरमै छन् । परिवारका धेरै समस्यालाई लक्षण देखिएको हामीले थाहा पाएका छौँ । यसरी सरसर्ती हेर्दा ओमिक्रोन समुदाय सम्म पुगेको मान्न सकिन्छ । तर जुन वेला ओमिक्रोनको तथ्यांक सार्वजनिक भएको थियो त्यतिवेला २२ प्रतिशतमा ओमिक्रोन देखिँदा पनि अस्पतालमा चहलपहल भने          थिएन । भारतमा बढ्दै गएको  अवस्था थियो, त्यतिवेला मानिसहरू सशंकित भएर परीक्षण गर्न आउन थाले, त्यसपछि यो संख्या हवात्त बढेको देखिन्छ । संक्रमितमध्ये अधिकांश खोप लगाएकाहरू भए पनि उनीहरूको आफ्नो घरको अन्य सदस्यमा संक्रमण देखिने डरमा पिसिआर गर्न आएको देखिन्छ । आफूले आफूलाई आइसोलेट गर्नको लागि पनि केही मानिसहर पिसिआर गर्न आएको देखिन्छ । अहिले देखिएका कोरोनाका बिरामीमा लामो समयसम्म अक्सिजनको कमी भएको देखिन्न । संक्रमितमध्ये अस्पताल जाने सम्भावनामा निकै कमी देखिएको छ । अस्पताल गए तापनि लामो समय सम्म अक्सिजनको कमी नहुने अवस्था देखिन्छ । त्यस्तै, दुई तीन दिनभित्र लक्षण मुक्त भएको पाइन्छ । त्यसकारण ओमिक्रोन ज्यादै खतरा हो भन्ने लाग्दैन ।
खोपमा अर्जुनदृष्टि चाहिन्छ
हाल अधिकांशले खोपको दुवै          डोज लगाएकोले केही सहज भएको मानिन्छ । पहिले जस्तो अक्सिजनको कमी, बेड नपाएर उपचार हुन कठिन हुने जस्ता अवस्था अब देखिन्न भन्ने हाम्रो आकलन छ ।  तर यो भन्दै गर्दा जति पनि यसबारे जानकारी आएका छन् र अध्ययन भएका छन् त्यसको आधारमा भन्दा खोप नलगाएकाहरूमा बढी समस्या आएको देखिन्छ । यही कुरालाई मध्यनजर गरेर हाम्रो          स्वास्थ्य प्रणालीमा चाप हुन नदिनको लागि खोपमा अर्जुनदृष्टि हुनुपर्छ ।         त्यस्तै जो कमजोर हुनुहुन्छ । पहिले देखि नै संक्रमित हुनबाट बचिरहरनुभएको छ । उहाँहरूले यदि खोप लगाउनुभएको छैन भने ओमिक्रोनले उहाँहरूलाई दुःख दिन सक्ने सम्भावना देखिन्छ । खोप लगाएका व्यक्ति संक्रमित भए पनि गम्भीर हुन्छन् भन्ने लाग्दैन । अपवादको रूपमा चाहिँ        भन्न सकिन्न । सरकारले अझै पनि खोपलाई अभियानको रूपमा लैजानु पर्छ । अहिले खोप बाध्यकारी पनि बनाइएको छ । विभिन्न सेवा लिनको लागि खोप कार्ड अनिवार्य गरिएकोले मानिसहरू खोप लगाउन आएको देखिन्छ । त्यसकारण पनि खोप केन्द्रमा भिडभाड बढेको हो । तर खोप लगाउन वा पिसिआर गर्न आउँदा पनि ख्याल गर्नुपर्छ। खोप लगाउन वा पिसिआर गर्न आउँदा कोरोना सारेर जाने अवस्था चाहिँ आउन दिन्नु हुन्न । सरकारले गरेको पूर्वतयारीको कुरा गर्ने हो         भने हामीले पहिलो र दोस्रो लहरबाट सिकेनौँ कि भन्ने लाग्छ । दोस्रो         लहरमा हामीले खोप सुरु गर्दा धेरै संक्रमित भएर र धेरैको ज्यान पनि गयो । खोप केन्द्रमा जाँदा भिड भएकोले संक्रमण फैलिन सक्ने डर देखिन्छ । तसर्थ स्वास्थ्य मापदण्ड पालना गरेर खोप लगाउन सक्यौँ भने हामीले ओमिक्रोन भेरियन्टसँग जुध्न सक्छौँ ।
अहिले संक्रमित भएकामध्ये खोप लगाएर र नलगाएका दुवै प्रकारका छन् । खोप लगाउनुको अर्थ कोरोना नै नलाग्नु होइन । यसको अर्थ          कोरोना लागेर गम्भीर र मृत्यु हुने सम्भावना लाई धेरै कम गर्नु हो । यद्यपि यसमा अपवाद रहन्छ । खोप लगाए पनि संक्रमित भइन्छ, तर के बुझ्न पर्यो भने खोप लगाउँदा अस्पताल जानुपर्ने, आइसियू र भेन्टिलेटरमा बस्नुपर्ने अवस्था लगभग नआउन   सक्छ । खोपले यस्तो जटिन अवस्थामा पुग्न दिँदैन भन्ने हाम्रो अनुभव र अनुसन्धानले पनि बताउँछ । सरकारले आफ्नो स्वास्थ्य प्रणाली लै ध्वस्त हुनुबाट रोक्नको निम्ति खोपको पर्याप्त व्यवस्था गर्न सक्नुपर्छ ।
आवश्यक मात्रामा
अस्थायी  संरचनामा बनेनन् ।
ओमिक्रोनको हालको अवस्था हेर्दा र अरू देशको अध्ययन गर्दा अहिलेको जुन स्वास्थ्य प्रणाली छ त्यसले नथेग्ने जस्तो देखिँदैन र अहिले नै स्थायी          संरचना बनाएर उपचार दिन सकिने अवस्था रहन्न । तर कोरोनासँग जुध्न अस्थायी संरचनाचाहिँ चाहिन्छ । यो हामीले पहिलेदेखि नै भन्दै आइरहेका छौँ । तर दुर्भाग्यवश त्यस्तो किसिमको तयारी भएको देखिन्न । अहिलेको लागि जुन अवस्था सिर्जना भएको छ यो अवस्थामा संक्रमित थपिने क्रम बढेको   छ । विभिन्न देशको अवस्थालाई आधार मान्दा पनि नेपालमा केही समय संक्रमितको संख्या बढ्छ । तर यो जति छिटो फैलन्छ त्यति छिटो नियन्त्रण भएको अध्ययनबाट देखिन्छ ।
सरकारको तयारीमा कमी
सरकारले यसअघि नै अस्थायी           संरचना बनाउनुपर्ने थियो । तर फेरि पनि कोरोना बढ्न वा संकटकालीन अवस्था आउन सक्छ भनेर सरकारले संरचना विस्तार गरेको पाइन्न । पहिलो र दोस्रो लहरमा देखिएका कमकमजोरी को अझै पनि समीक्षा गर्न जरुरी        छ । अहिले धेरै मानिस संक्रमण भएकोले यो संख्या बढ्ने देखिन्छ । त्यसकारण सरकारले पूर्वतयारीबारे सोच्नैपर्छ । स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने आगमी ३÷४ हप्तामा ओमिक्रोन संक्रमण ओरालो लाग्न सक्छ ।
लकडाउनको आवश्यकता देखिन्न
अहिले धेरै मानिस संक्रमित भइसकेको भन्ने कुरा तथ्यांकले देखाउँछ । त्यसकारण सरकारले कडा लकडाउन वा निषेधाज्ञा गर्न आवश्यक छ जस्तो देखिन्न । तर दुइटा समुदायबीच         भने चेनब्रेक गर्न आवश्यक छ । त्यो भनेको समाजबीचमा भौतिक दूरी कायम गर्नु हो । तर लकडाउन नै गर्नुपर्छ भन्ने आवश्यकता देखिन्न ।
परीक्षण खुला हुनुपर्दछ
कोरोना परीक्षण खुला नै हुनुपर्छ । हाल संक्रमितको लहरलाई मैले दुई खण्डमा छुट्याएको छु । एक घरमा बस्ने संक्रमितको लहर, दुई अस्पताल आउने संक्रमितको लहर । मलाई   लाग्छ ओमिक्रोनको विशेषता यही हो । यो बिजुलीगतिमा छिटो फैलिएको देखिन्छ । त्यही अनुपातमा अस्पताल जाने र मृत्यु हुनेको बढेको संख्या देखिन्न । दैनिक ४÷५ सय संक्रमित हुँदा पनि मृत्यु हुनेको संख्या १÷२ जना थियो भने अहिले संक्रमित झन्डै पाँच हजार पुग्न लाग्दा मृत्युदर र अस्पताल जानेको संख्या कम छ । त्यसकारण अहिले सरकारले खोपमै बढी ध्यान दिनुपर्छ । खोप लगाएपछि अस्पताल जानेको संख्या थप कमी आउन           सक्छ ।
ओमिक्रोनले फोक्सोमा
जटिल समस्या पार्दैन
ओमिक्रोनले श्वासप्रश्वासको माथिल्ला भागमा असर पारेको देखिए पनि  फोक्सासम्म यसले त्यति असर              पारेको देखिन्न । यो अध्ययनहरूले देखाएको कुरा हो । यो भेरियन्ट             अली कमजोर र मन्द देखिन्छ ।              यो अनुसन्धानले पनि देखाएको                हो र लक्षणले पनि देखिएको पाइन्छ । तर खोपलाई निरन्तर नदिने र           भिडभाड गर्ने हो भने यो अवस्था           भयावह नहोला भन्न सकिन्न ।
बुस्टर डोजको अर्थ र आवश्यकता
बुस्टर डोज किन दिनुपर्यो सवाल           संसारभर एकताका उठेको पाइन्छ, नेपालमा पनि उठिरहेको छ ।               यसबारेमा खास अर्थ के हो भने          हामीले दुई मात्र पूर्ण खोप वा जोनसोन एन्ड जोनसोनको हकमा एक       खोपलाई पूर्ण खोप भनिएको छ,      यसको स्तर वा एन्टिबडी खस्कन          सक्छ भनिएको छ । जब यो खस्कन थाल्छ तब यसलाई खस्कन नदिन र ‘बुस्टअप’ गर्नको लागि अर्को ‘एक थप्ने’लाई बुस्टर भनिन्छ ।           त्यस्तै, अतिरिक्त भनेको दुइटा लगाउँदा पनि अपुग हुने रहेछ र त्यसलाई थप दिनुपर्ने भएकोले       अतिरिक्त भनिएको हो । बुस्टर डोजको आवश्यकता वा अनावश्यकता भन्ने विषयमा संसारमा सवाल उठिरहेको वेला धेरै मुलुकहरूले बुस्टर खोप लगाइसकेका छन् । अहिले कोरोनाको भेरियन्ट परिवर्तन भइरहेकोले र खोपको सक्रियता बढाउनको लागि बुस्टर खोप लगाउन थालिएको        पाइन्छ । अमेरिका र युरोपमा बुस्टर डोज प्राथमिकताका साथ लगाउन थालिएको छ । ५÷६ महिनामा एन्टिबडीको अवस्था खस्न सक्ने अनुसन्धानले देखाइसकेको छ । त्यसकारण त्यसलाई खस्कन नदिन बुस्टर डोज वा अतिरिक्त खोप लगाउनुपर्ने देखिएको हो । अर्कोतिर एक डोप पनि लगाउन नपाएकालाई हेरेर बुस्टर डोज लगाउन सकिन्छ ।
  साभार नयाँपत्रिका

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार