धमाका दैनिक पत्रिका ‘क’ वर्गमा


दैलेखको पहिलो पत्रिका धमाका राष्ट्रिय दैनिक ‘क’ वर्गमा वर्गिकरणमा समावेश भएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ र २०७६ ÷०७७ को दुई वर्षको मूल्याङ्कनमा ‘क’ वर्गमा वर्गिकरणमा परेको हो । यस अघि पनि दैनिक पत्रिका ‘क’ वर्गमै परेको थियो ।
दैलेखबाट प्रकाशित धमाका दैनिक नेपाल सरकार अन्तर्गत प्रेस काउन्सिल नेपालको बर्गिकरण नतिजा अनुसार गत वर्षको नतिजामा ‘क’ वर्गमा परेको हो । प्रेस काउन्सिल नेपालले हरेक वर्ष पत्रपत्रिकाको बर्गिकरण गर्ने गर्दछ ।
दैलेखको पहिलो पत्रिका धमाका दैनिक स्थापना कालदेखि हालसम्म निरन्तर सञ्चालन छ । मोफसलबाट पत्रिका प्रशान गर्न निकै धेरै चुनौतिहरु हुँदाहुँदै पनि पत्रिका प्रकाशन निरन्तर भईरहेको सम्पादक बिष्णु शर्माले जानकारी दिएका छन् । सुरुवात देखि हालसम्म पत्रिकामा जोडिएका सक्रिए सञ्चारकर्मीहरुको मेहनत र लगनसिलताका कारण निरन्तर प्रकाशनमा सहयोग पुगेको शर्माले बताए ।
केही समय सुर्खेत र दैलेखबाट एकैसाथ प्रकाशन आरम्भ गरेर कर्णालीका सवै जिल्लामा सहज पहुँच बिस्तार गरिएको भएपनि कोभिड लगायतका समस्याले पहुँच बिस्तारमा केही समस्या उत्पन्न भएको भएपनि पुनः कर्णालीका दशवटै जिल्लामा सहज पहुँच बिस्तारको तयारी गरिएको प्रकाशक एवं सम्पादक बिष्णु शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार