विकास अनुगमन तिव्रता दिदै महावु


माघ २३, दैलेख
दैलेखको महावु गाउँपालिकाले पालिका क्षेत्रभित्रका विकास निर्माण तथा बिभिन्न योनाहरुको अनुगमन कार्यलाई तिब्रता दिएको छ ।
बुधबार वडा नम्बर १ अन्तर्गत गठित उपभोक्ता समूहहरुबाट सम्पन्न भएका बिभिन्न १० वटा योजानाहरुको स्थलगत अनुगमन गर्दै उक्त कार्यको थालनी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले जानकारी दिए ।
गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी बुढाको नेतृत्वमा, सम्बन्धित क्षेत्रका संयोजकहरु, प्राविधिक तथा ईन्जीनियरहरुको उपस्थितीमा अनुगमन सूरु गरिएको र पालिकाका सबै वडाहरुमा अनुगमन गरिने उनले जानकारी दिएका छन् ।
गएको बुधबार गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत उपभोक्ताहरु मार्फत निर्माण सम्पन्न भएका सिचाँई कुलो, पोखरी, सडकमा निर्माण गरिएका नाला, मेसीनरी वाल लगायत १० वटा योजानाहरुको स्थलगत अनुगमन गरेको हो ।
अनुगमनको क्रममा सम्पन्न भएका सबै योजनाहरु तोकिएको मापदण्डअनुसार नै सम्पन्न भएको पाईएको र मापदण्ड पूरा नगररै सम्पन्न भएका योजनाहरुको हकमा भुक्तानी दिदा कटौती गरेर दिने प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले बताए ।
‘काम गर्ने शिलशिलामा कहिलेकाही प्राविधिकहरु नभएको अवस्थामा थोरै तलमाथी भएको हुनसक्छ, तर त्यो पनि न्यून मात्रामा भएको हामीले पायौ’ पंगालीले भने, अनुगमन गरिएका सबै योजनाहरु निश्चित समय र मापदण्डभित्रै रहेर सम्पन्न भएका छन् ।
बिहीबार वडा नम्बर ५ मा पनि अनुगमन गरिएको पंगालिले बताए ।
अनुगमनका क्रममा काँशिकाँधमा निर्माणधिन स्वास्थ्य चौकी भवन, विद्यालय भवन लगायत अन्य विकास निर्माणका योजनाहरुको पनि स्थलगल अनुगमन गरिएको छ ।
सबै वडाका हजार दिने आमाहरुलाई पोषणयूक्त खाना वितरण
पालिका भित्रका सबै वडामा रहेका हजार दिने आमाहरुलाई पोषणयूक्त खानेकुरा वितरण गरिएको पंगालीले बताए । विहिवार गाउँपालिकाको वडा नम्बर ५ का ५० जना हजार दिने आमाहरुलाई पोषणयूक्त खानेकुराहरु जस्तै दाल, तेल, गेडागुडी, नुन लगाएतका खाद्यान्न वितरण गरिएको छ ।
पालिकाका ६ वटै वडाका विपन्न, अपाङ्ग तथा असहाय व्यक्तिहरुलाई बिशेष प्राथामिकतामा राख्दै प्रत्येक वडामा ५० जना हजार दिने आमाहरुलाई छनोट गरि पोषण युक्त खोनेकुरा वितरण गरिने पंगालीले जानकारी दिएका छन् ।
महावु गाउँपालिका स्वास्थ्य शाखा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र रहेका सबै वडाका हजार दिने आमाहरुलाई पोषणयूक्त खानेकुराहरु वितरण कार्य सूरु गरिएको पंगालीले जानकारी दिए । पालिकाका सबै वडारुमा भैरहेका विकास निर्माण लगायतका योजनाहरुको अनुगमन गर्ने समय तालिका निर्धारण भैसकेको सोही तालिका अनुसार पालिकाभरी नै स्थलगत अनुगमन गरिने पंगालीले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार