नेपालमा क्यान्सर रोगका विरामीहरु बढ्ने क्रम तीब्र बनेको छ । महिलाहरुको पाठेघर क्यान्सर र पुरुषहरुलाई समेत बिभिन्न खाले क्यान्सरको समस्याले सताएको छ ।
विकसीत मुलुकसँगै बढ्दो बिषादीको प्रयोग र विषादी प्रयोग गरिएका तरकारी, फलफुल लगायतका बस्तुहरुको सेवनले पनि क्यान्सरलाई बढावा दिएको विश्लेषण गरिएको छ ।
व्यक्तिले आफ्नो व्यक्तिगत जीवनमा अपनाउनुपर्ने बिभिन्न सुरक्षाहरुमा गर्ने हेलचक्राईले क्यान्सर नेपालका लागि ठूलो समस्या बन्दै गएको छ ।
पहाडी र दुर्गम क्षेत्रका महिलाहरुमा धेरैजसो पाठेघरको क्यान्सर हुने समस्याहरु बढीरहेको देखिन्छ । कम उमेरमा विबाह र असुरक्षित गर्भपतनका कारण पाठेघर क्यान्सर हुने समस्या अधिकतम बढीरहेको छ । महिलाहरुले आफ्नो समस्याहरु खुलेर भन्न नसक्ने समस्या अहिलेपनि गाउँघरमा विद्यमान देखिएको छ । यस्ता धेरै कारणहरुले महिलाहरुमा क्यान्सरको समस्या बढ्दै गएको छ ।
उत्पादन गरेका बस्तुहरुमा रोग किरा नलागोस भन्दै प्रयोग गरिने विषादीहरुको मात्रा पछिल्ला दिनहरुमा बढ्दै गएको छ । आज विषादी छर्कीएको तरकारी, फलफूल भोलीपल्ट बिक्रिका लागि बजारमा पु¥याउने र मानिसको मुखसम्म बिषादी पुग्ने भएकोले पनि क्यान्सरको समस्या बढ्दै गएको देखिन्छ । युवा र पुरुषहरुले प्रयोग गर्ने बिभिन्न खाले ध्रुमपान र मध्यपानका कारण पनि क्यान्सर रोग बढ्दै गएको छ । यस्तो बिषयलाई ध्यानमा राखेर तीनवटै तहका सरकारहरुले सचेतना अभियानलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ । गाउँ घरमा उत्पादनमा लागेका किसाहरुलाई बिषादीको अनावश्यक प्रयोग रोक्ने काम गर्नुपर्ने आवश्यकता देखिएको छ । सकेसम्म जैवीक बिषादीहरु निर्माण गरेर यसको प्रभावकारी प्रयोग गर्न सके मानिसहरु सुरक्षित हुन सक्ने देखिन्छ । अर्कोतर्फ दिनहँु व्यक्तिहरुले गर्ने खानपानका बिषयहरु सँगै नियमित व्यायमका कुरालाई पनि प्रभावकारी रुपमा अगाडी बढाउन सकेमा खतरनाक बन्दै गएको क्यान्सरको समस्या केही मात्रामा समाधान हुने सक्ने देखिन्छ ।








