व्यवस्था बदल्न सक्ने तर व्यवस्थापन गर्न नसक्ने कमजोरी नेपालको राजनीतिमा पुनरावृत्ति हुँदै आएको छ । अंग्रेजी शब्द ‘प्रिपेयर’र ‘रिपेयर’ ले व्यक्ति, व्यवस्था र राष्ट्रको जीवनलाई दिशाबोध गर्ने सामथ्र्य राख्छनर । ‘प्रिपेयर’ शब्दले नेपालीमा तयार वा तम्तयार भन्ने अर्थ दिन्छ । ‘रिपेयर’ शब्दले मर्मत भन्ने जनाउँछ । ‘प्रिपेयर’ वा ‘रिपेयर’ शब्दसँग राजनीतिको के साइनो छ ? यो जिज्ञासा शान्त पार्न कुन मोडबाट राजनीति सञ्चालन हुँदा व्यवस्थाले राम्रो नतिजा दिन सक्छ ? भन्ने प्रश्न उत्तरित हुनुपर्छ । यस सन्दर्भमा नाम चलेका विद्वान पिटर उर्सं बेन्डरको भनाइ ती दुई शब्दको मर्म मननर गर्न उचित हुन्छ । ‘गट फिलिङ’ नामक पुस्तकका लेखक बेन्डरले भनेका छन– तयार गर्नेभन्दा मर्मत गर्ने काम कठिन हुन्छ (रिपेयर इज डिफिकल्ट देन प्रिपेयर) ‘रिपेयर’ मोडबाट राजनीति सञ्चालन हँुदा कठिन मार्गबाट अघि बढरनुपर्ने हुन्छ र राजनीति सधैं टालटुले र समस्यामा जेलिने स्थिति बन्छ । विगतलाई नियाल्दा नेपालको राजनीति पटकपटक ‘प्रिपेयर’ मोडबाट चल्न सक्ने परिस्थिति बनेको देखिन्छ । तर पनि उक्त मोडमा अडिन नसकेर ‘रिपेयर’ मोडमा सिफ्ट भएको पाइन्छ । यसबाट राजनीति अस्थिर र अविश्वासिलो बन्ने खतरा बढरदै गएको छ । त्यसैले प्रश्न तेर्सिन्छ ‘रिपेयर’को राजनीति कहिलेसम्म ?
नेपाली जनताले २००७ सालमा प्रजातन्त्र प्राप्त गरेका हुनर । त्यसयता सात दशकभन्दा बढी समय राजनीतिमा खर्च भएको छ । यो अवधिमा नेपाल धर्तीमा राजनीतिक प्रणालीका विभिन्न स्वरूपको प्रयोग भएको छ । प्रयोग गरिएका राजनीतिक व्यवस्था फेरिँदै अहिले संंघीय लोकतान्त्रिक गणतन्त्रको स्वरूपमा संस्थागत भएको छ । यो ढाँचामा नेपाली राजनीति आइपुग्दासम्म पनि सरकारको अस्थिरताको नियति भने निरन्तर कायम छ । यही एउटा लक्षण नै काफी छ कि नेपालको राजनीति ‘प्रिपेयर’ मोडबाट चल्न सकेको छैन । अधिकांश समय ‘रिपेयर’ मोडबाट गुजे्रको छ । ‘प्रिपेयर’ मोडमा चल्न राजनीतिका दुई पाटामा सन्तुलन मिल्नुपर्छ । पहिलो राजनीतिक दलले जनताको विश्वास जितेर सरकारको नेतृत्व गर्ने अवसर पाउनुपर्छ । दोस्रो सरकारको नेतृत्व गर्ने नेताले अवसर उपयोग गर्ने चरित्र र क्षमता प्रदर्शन गर्न सक्नुपर्छ । यस आधारमा पछिल्लो ३० वर्षको अवस्थालाई फर्केर हेर्दा जनताले पत्याएर राजनीतिक दलले पटकपटक त्यस्तो अवसर पाएका छनर। यसरी अवसर पाउनेमा २०४८ सालमा नेपाली कांग्रेस दल पर्छ । सो वर्ष सम्पन्न आम निर्वाचनबाट प्रतिनिधिसभामा सुविधाजनक बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गर्ने अवसर उक्त दललाई प्राप्त भएको हो । गिरिजाप्रसाद कोइरालाले सरकारको नेतृत्व गर्नु भएको थियोे । त्यतिबेला राजनीति र सत्ता सञ्चालन ‘प्रिपेयर’ मोडबाट चल्ने अपेक्षा गरिएको थियो । सुरुका दिनमा लक्षण देखिएको पनि हो । तर तीन वर्ष बित्दा नबित्दै राजनीति र सत्ता सञ्चालन ‘रिपेयर’ मोडमा सिफ्ट हुन पुग्यो। र मुलुकले अनेकथरीका समस्या व्यहोर्ने स्थितिको सिलसिला आरम्भ भयो ।
यसरी अघि बढेको ‘रिपेयर’ मोडको राजनीतिले चरम अस्थिरताका बीच माओवादी द्वन्द्व बेहोर्दैमा दशक लामो समय व्यतित भयो। बल्लतल्ल २०६२÷०६३ मा निकास निस्क्यो । राजनीतिक व्यवस्थाले नयाँ स्वरूप ग्रहण ग¥यो । त्यसपछि २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचन बाट राजनीति र सत्ता सञ्चालन ‘प्रिपेयर’ मोडमा जाने अवसर फेरि प्राप्त ग¥यो । यो अवसरलाई सदुपयोग गर्ने मौका नेकपा माओवादीलाई प्राप्त भयो । संविधानसभामा सबै भन्दा ठूलो दलको हैसियत बनाएको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सम्हाल्ने अवसर पाउनुभयो। यतिखेर पनि राजनीति ‘प्रिपेयर’ मोडबाट सञ्चालन हुने आम अपेक्षा थियो । तर उहाँले पनि राजनीति र सत्ता सञ्चालनलाई ‘प्रिपेयर’ मोडमा स्थिर राख्न सक्नु भएन । करिब नौ महिनामै स्वयं सत्ताबाट बाहिरिनुभयो । त्यसपछि फेरि राजनीति ‘रिपेयर’ मोडमा फक्र्यो। मुलुकले संविधान निर्माणको प्रसव वेदना व्यहोरिरहेको त्यो समय अत्यन्त कठिन थियो । जेहोसर ‘रिपेयर’ मोडबाटै राजनीतिले संविधान निर्माणको कार्य सम्पन्न ग¥यो । २०७२ असोज ३ गते नयाँ संविधान जारी भयो । ‘प्रिपेयर’ मोडबाट राजनीति चल्ने आशा फेरि पलायो ।
नयाँ संविधानबमोजिम २०७४ मा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भयो । संघीय प्रतिनिधिसभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई झन्डै दुई तिहाइ नजिक बहुमत प्राप्त भयो । गठबन्धनका तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता सञ्चालनको अवसर पाउनु भयो । प्रदेशतर्फ ६ वटा प्रदेशमा उक्त गठबन्धनले सरकार बनाउने हैसियत प्राप्त ग¥यो । बाँकी एक प्रदेशमा पनि केन्द्रमा सत्ता साझेदारी गरेको दलको नेतृत्वमा सरकार बन्यो । यो अवस्थाले अब मुलुकमा ‘प्रिपेयर’ मोडबाट राजनीति चलेको र सत्ता सञ्चालन भएको देख्न पाउने स्थिति बनेको आकलन गरियो । दुर्भाग्यवश यो स्थिति पनि टिक्न सकेन र फेरि ‘रिपेयर’ मोडबाटै देशको राजनीति यद्यपि गुज्रिरहेको छ । उल्लेखित घटनाक्रमले के प्रमाणित गर्छ भने जनताले राजनीतिक दल विशेषलाई ठुलो दल बन्ने र सरकार सञ्चालन गर्न पाउने हैसियत पटकपटक प्रदान गरेका छनर। तर सत्ता चलाउन पुग्ने नेतृत्वले राजनीति र सत्ता सञ्चालनमा सन्तुलन मिलाउन सकेका छैननर । व्यवस्था बदल्न सक्ने तर व्यवस्थापन गर्न नसक्ने कमजोरी नेपालको राजनीतिमा पुनरावृत्ति हुँदै आएको छ । अहिलेका शीर्ष तहका नेताहरूले पछिल्लो ३० वर्षदेखि राजनीतिमा रजगज गर्दै आउनु भएको छ । निर्वाचन का दौरान उहाँहरूले जारी गर्नु भएका प्रतिबद्धता र उहाँहरूका बोलीलाई जनताले विश्वास गर्दै निर्वाचनका माध्यमबाट सत्ता सञ्चालनको अवसर दिँदै आएका पनि छनर। तर पनि कार्यप्रगति सन्तोषजनक हुन सकेको छैन । राजनीतक स्थिरता टिकाउ हुन सकेको छैन । राज्य संयन्त्रका अवयवहरू पनि प्रभावकारी हुन सकेका छैननर । एक प्रकारले काम चलाउ अवस्था बाट मुलुक गुज्रिरहेको छ । संघीय ढाँचालाई सुदृढ रूपमा संस्थागत गर्न सरकारले चौबिसैघण्टा काम गर्नुपर्ने आवश्यकता छ । विभिन्न विषयमा तत्काल कानुन निर्माण गर्न जरुरी छ । तीन तहको सरकारको लय र ताल मिलाउने परिस्थिति निर्माणका लागि धेरै काम गर्न आवश्यक छ । यति धेरै काम हुँदाहुँदै पनि जगजाहेर छ राजनीति सत्ताको किचलोमै फनफनी घुमेको छ। हुन त नेताहरूले आफ्ना अप्ठरयारा बताउने गर्नुहुन्छ तर सामाजिक चेतना उच्च भएको जमानामा राजनीतिक दलका नेताले आफ्ना अप्ठरयारा बताएर कमजोर क्षमताको ढाकछोप गर्नु आत्मरति मात्र हो । सबैले बुझेको कुरा हो राजनीति समग्र नीतिहरूको मूल नीति हो। राजनीति ठिक भए राज्यको समग्र शासन व्यवस्था ठिक हुन्छ । तर पनि राजनीति ‘डेलिसियसली मेस्सी’ छ । देख्दा सजिलो तर बेहोर्दा झन्झटिलो । कसेर नबाटेको डोरी त्यसै भुइँमा राख्दा जसरी गुजुल्टिन्छ राजनीति पनि जतन नगर्ने हो भने त्यसरी नै गुजुल्टिन्छ । राजनीति शास्त्रको यही जटिलतालाई प्रष्ट पार्दै प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइस्टाइनले भनेका छन–‘पोलिटिक्स इज मचमोर डिफिकल्ट देन फिजिक्स ।’
नेपालको राजनीति संघीय लोकतान्त्रिक गणतन्त्रको स्वरूपमा सञ्चालन भइरहेको छ । राजनीतिलाई जीवन्त बनाउने काम राजनीतिक दलहरूको हो । दलका नेता राजनीतिका खेलाडी हुन । राजनीतिको चित्र सुन्दर र चरित्र सम्मानित हुने आम अपेक्षा सधैं जीवित हुन्छ । राजनीतिका माध्यमबाट शासन प्रणाली पारदर्शी र प्रभावकारी हुने विश्वास सधैं कायम रहन्छ । यिनै अपेक्षा र विश्वासका बीच २०७४ को आमनिर्वाचन सम्पन्न भएको थियो ।
संघीय ढाँचामा तीन तहका सरकारको गठन भएको थियो । निर्वाचित नेतृत्वको कार्यकालको अन्तिम वर्ष चलिरहेको छ । वास्तवमा ‘रिपेयर’ मोडको राजनीतिले पूर्वानुमान गर्नै नसकिने परिस्थिति बन्दो रहेछ । यस्तो परिस्थितिले अनेक दाउपेच खेल्ने ठाउँ दिँदो रहेछ । अहिले न्यायपालिका र व्यवस्थापिकामा जेजस्ता दृश्यहरू देखिएका छनर ती लाजलाग्ने खालका छनर । भविष्यतर्फ फर्केर हेर्दा भने राजनीतिलाई ‘प्रिपेयर’ मोडबाट सञ्चालन गर्ने अवसर फेरि सामुन्नेमा आउँदै गरेको देखिन्छ । आउने वर्ष २०७९ सालमा तीनै तहको निर्वाचन सम्पन्न हुनेछ । नयाँ नेतृत्व सरकार सञ्चालनमा सरिक हुनेछ । यसरी सामुन्नेमा आइरहेको सुन्दर अवसरलाई नेपाल र नेपालीको उज्ज्वल भविष्य निर्माणको कोसेढुंगा सावित गर्न चुक्नु हुँदैन । अर्थातर अबको निर्वाचनले ‘प्रिपेयर’ मोडबाट राजनीति र सत्ता चलाउन सक्ने परिस्थिति बनाउनुपर्छ । अन्यथा विकास र समृद्धिको विश्व दौडमा नेपाल धेरै पछि पर्नेछ । पुर्खाले बनाएको परिचय र प्रतिष्ठा पनि ओझेल पर्नेछ । यस सन्दर्भमा दलहरूले काल्पनिक योजनाका भाषण गरेरमात्र सुशासन र विकास हुन सक्दो रहेनछ भन्ने सत्यलाई स्वीकार्नुपर्छ । यसका लागि राजनीतिक दलहरू स्वयंले गहिरो आत्मसमीक्षा गरेर सक्षम र सदाचारी नेतालाई आगामी निर्वाचनमा उम्मेदवार बनाउनुपर्छ । जनतामा पनि दलका झन्डा र चुनाव चिह्नको पछि लागेर दिएको मतले मात्र असल र सक्षम नेता पाइँदो रहेनछ, उम्मेदवारको चरित्र र क्षमता पनि हेर्नै पर्ने रहेछ भन्ने चेत खुल्न जरुरी छ । निर्वाचनको मैदानमा उत्रेका उम्मेदवारहरूमध्ये सक्षम, सदाचारी र समर्पित पात्रलाई मत दिएर विजय गराउनु पर्छ । समस्याकै गर्भमा समाधानको बिउ हुन्छ भनिन्छ । आशा गरौं आगामी तीनै तहको निर्वाचनमा नेपालका राजनीतिक दलहरू नै समाधानका द्योतक बन्ने छन । सम्भावनाका संवाहक बन्नेछन । उनीहरू निर्वाचनमा योग्य उम्मेदवा र चयनमा इमान्दार हुनेछन । जनताले पनि सन्ततिको भविष्यसमेत हेरेर सक्षम, सदाचारी र समर्पित पात्रलाई गोप्य मतदानका माध्यमबाट रोज्नेछन । निर्वाचित हुने पात्रले राजनीति र सत्तालाई बुद्धिमानी पूर्वक ‘प्रिपेयर’ मोडबाट चलाउने सामथ्र्य देखाउने छनर। मुलुक नयाँ उत्साहका साथ अघि बढरनेछ । सुशासन, विकास र समृद्धिका सपना साकार हुँदै जानेछ ।
अधिकारी नेपाल सरकारका पूर्वसहसचिव हुन ।
साभार अन्नपुर्ण पोष्ट









