दैलेखः भिरबाट खसेको ढुङ्गा लागेर दैलेखको भगवतीमाई गाउँपालिका ६ का एक जनाको मृत्यु भएको छ ।
जंगलमा दाउरा काट्ने बेला भिरबाट खसेको ढुङ्गा लागेर भगवतिमाई गाउँपालीका ६ का अन्दाजि ३० वर्षीया गणेश बहादुर खत्रिको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।
ढुङ्गा खसेर टाउँकोमा गम्भिर चोट लागेका खत्रिको उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याउदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सहायक प्रहरी निरीक्षक (इन्स्पेक्टर) इन्द्रजित सुनारले बताए ।
मृत्यु भएका खत्रि भगवतिमाई गाउँपालिका वडा नम्बर ६ का कार्यालय सहयोगी रहेका प्रहरीले जनाइएको छ ।









