दलहरुले समिक्षा गर्नुपर्दछ

स्थानीय सरकारले पहिलो पाँच वर्षको आफ्नो कार्यकाल पूरा गरिसकेका छन् । पाँच वर्षको कार्यकाल पूरा भइरहँदा कतिपय जनप्रतिनिधिहरु पुनः स्थानीय तहमा दोहोरिने तयारीमा छन् । स्थानीय तहमा जनप्रतिनिधिहरु दोहोरिदै गर्दा गरिएका प्रभावकारी कामहरुको समिक्षा सँगै प्रयास गरेका र सम्पन्न हुन नसकेका कामहरुको बारेमा आम जनताहरुले सिधा प्रश्न गर्नुपर्ने बेला आएको छ ।
पाँच वर्षको कार्यकालको समिक्षा गर्नुपर्ने अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै आम नागरिकहरुले चुनावमा होमिएका दलहरुले गरेका साझा र प्रभावकारी प्रतिवद्धताहरुका बारेमा पनि पुनः प्रश्न गर्नुपर्ने बेला आएको छ । आम नागरिकहरुको जीवनस्तर सुधारका प्रयासहरु के र कस्ता भएका छन् । गरिएका प्रयासहरुलाई राजनीतिक दलहरुसँग निर्वाचित जनप्रतिनिधिहरुले कत्तिको समिक्षा गरेर काम अगाडी बढाए त्यसको पनि समिक्षा अहिलेको जरुरी हो ।
समिक्षा दुवै तर्फबाट गर्नुपर्ने बेला आएको छ । एकातिर राजनीतिक दलहरुले जुन उम्मेदवारलाई टिकट दिए, जनताले भोट दिए, जितेका उम्मेदवारहरुले जनताका लागि कस्ता काम गरे त्यसको पनि समिक्षा हुनुपर्दछ भने पराजित उम्मेदवारहरुले जनताको लागि काम गर्न, कामको प्रभावकारीता मापन गर्न कस्ता कामहरु गरे त्यसको पनि समिक्षा सबै सम्बन्धित पार्टीहरुले गर्नुपर्ने देखिएको छ ।
जनताले मूल्याङ्कन र समिक्षा गर्नै दिन अर्थात निर्वाचन नजिकिदै गर्दा जनताले पनि यस्ता बिषयहरुमा आफ्नो धारणा निर्माण गरिसकेको अवस्था अहिले कायमै रहेको छ ।
चुनाव नियमित प्रक्रिया हो, हार जित पनि निर्वाचनमा गएपछि स्वभाविक प्रक्रिया हो तर बिजयी भईसकेपछि आम नागरिकहरुको पक्षमा कसले काम ग¥यो भन्ने बिषयले पनि यसपालिको निर्वाचनमा अर्थ राख्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार