१० हजार बढि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

दैलेखः नारायण नगरपालिकाका १० हजार बढि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । यहीँ चैत २४ गतेदेखि सुरु गरिने खोप अभियान अन्तर्गत नारायणका १० हजार ४ सय जना बालबालिकालाई खोप लगाइन लागिएको हो ।
नारायण नगरपालिका दैलेखका स्वास्थ्य शाखा सहसंयोजक लाल बहादुर खड्काका अनुसार चैत २४ गतेदेखि सुरु गरिने खोप अभियान अन्तर्गत विद्यालय बाहिरका २८ सय र विद्यालयमा उपस्थित जनाउँने ७६ सय गरी १० हजार ४ सय जनालाई खोप दिइने बताए ।
खड्काका अनुसार सरकारले चैत २५ गतेबाट खोप अभियानको घोषणा गरेको भए पनि नारायणमा पछि आउन सक्ने प्राविधिक समस्याका कारण अभियानलाई १ दिन अघिबाट सुरु गर्न लागिएको बताए । खोप अभियान एक दिन अघिबाट सञ्चालन गर्नुको उद्देश्य भनेको नगरपालिका भित्रका कोही बालबालीका नछुटुन भन्ने लक्ष्य रहेको खड्काको भनाई छ ।
सरकारले निशुल्क रुपमा पहिलो चरणमा निःशुल्क सञ्चालन गरेको खोप अभियान अन्तर्गत १५ महिना देखि १५ वर्ष मुनिका वालवालिकालाई खोप दिइने जनाइएको छ । नारायणका ४३ वटा विध्यालयमा खोप केन्द्र सञ्चालन गरि सेवा दिइने स्वास्थ्य शाखा सहसंयोजक खड्काले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार