‘जनताको चाहना अनुसार काम गरेका छौँ’


दैलेखः जिल्लाको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जनताको चाहना अनुसार काम गरेको बताएका छन् । एक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष थापाले पाँच वर्ष अघि जनताका बीच गरिएको प्रतिबद्धता अनुसार आफूले काम गरेको बताए ।
उनले आफू स्थानीय सरकारमा निर्वाचित भइसकेपछि स्थानीय स्तरमा काम गर्न केही चुनैति भए पनि चुनावताका जनतासामु गरिएका बाचा अनुसार काम गरेको बताए । संघीय संरचना पछि बनेका स्थानीय सरकार सञ्चालनका लागि भौतिक संरचना, ऐन, कानून लगायतका कुराहरूको अभाव भए पनि सबै कुरा निमार्ण गर्दै जनचाहना अनुसार अघि बढेको उनले भनाई छ ।
गाउँपालिकाको पहिलो गाउँ सभाबाट गाउँपालिका क्षेत्रमा विद्युतिकरणको काम, स्थानीय स्तरमा रोजगारी सिर्जना, शिक्षाको विकास लगायत जनताका प्रत्यक्ष जीवनमा जोडिएका समस्या समाधान गर्ने गरी काम गरेको बताए ।
श्रम बैङ्कको स्थापना
गाउँपालिकाका अध्यक्ष थापाले आफू स्थानीय सरकारको प्रमुखमा निर्वाचित भरसकेपछि रोजगारीको खोजीमा भारत लगायतका अन्य मुलुकमा जानु पर्ने युवाको बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले नीति बनाएर श्रम बैङ्कको स्थापना गरेको बताए । श्रम बैङ्कको स्थापना पछि रोजगारीकालागि बाहिरी मुलुक जाने १ सय ४० जना युवा युवतिले अहिलेसम्म गाउँमा रोजगारी पाएको थापाको भनाई छ । उनले महिला पुरुषलाई सम्मान ज्याला दिँदै उनीहरूले गाउँमा हुने विभिन्न विकासे काममा रोजगारी गर्दै आएको बताए ।
उनले भने, ‘श्रम बैङ्क मार्फत काम गर्नेहरूको १० लाखसम्मको दुर्घटना बिमा गरेको छौँ, उनीहरूले काम गरेबापत पाउने ज्याला बैङ्क मार्फत खातामा जाने व्यवस्था गरिएको छ’, गाउँमा रोजगारी सिर्जना गर्ने उद्देश्यले गाउँका युवा युवतिलाई व्यवसायी कृषिमा लाग्नकालागि स्थानीय सरकारले सक्दो सहयोग गरेको उनले बताए ।
अध्यक्ष थापाले गाउँको पैसा गाउँमै रोकियोस् भन्ने ध्यका साथ श्रम बंैकको स्थापना गरेर नागरिकलाई रोजगारी सिर्जना गरीएको बताए । गाउँमा डोजर चलाउने, यहाँको पैसा बाहिर जाने, यहाँका युवायुवती रोजगरि खोज्न अन्यत्र भैतारिनुपर्ने समस्या समाधान भएको छ । आफ्नै ठाउँमा बसेर कमाउँदै आएका छन् ।
उनले परम्परागत भन्दा व्यवसायिक तरिकाले कृषि खेती प्रणालीलाई स्थानीय सरकारले अघि सारेको र केही किसान उक्त पेशामा आबद्ध भएर काम गर्दै आएको बताए । उनले पहिले काम खोज्न भारत लगायत अन्य मुलुकमा जाने युवाहरू गाउँमै कृषि कर्ममा लागेर आम्दानी गर्दै आएको जनाए ।
अध्यक्ष थापाले जनतालाई अँध्यारो मुक्त बनाउने उद्देश्यले गाउँपालिका भित्रका सम्पूर्ण वडाहरूमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोड्ने काम सकिएको बताए । उनले भने, ‘गाउँपालिका भित्रका १ देखि ८ नम्बर वडासम्म विद्युतको लाइन जोड्ने काम सकिएको छ, प्राथमिकताका आधारमा घर– घरमा बत्ती बाल्नका लागि मिटर वितरणको काम भइरहेको छ ।’, बाँकी रहेको आफ्नै कार्यकालमा भगवतिमाईका जनताले बत्तीको उपभोग गर्न पाउने थापाको भनाई छ ।
अध्यक्ष थापाले स्थानीय सरकारको सञ्चान पछि भगवतिमाईमा शिक्षाका क्षेत्रमा उल्लेख्य परिवर्तन भएको बताएका छन् । उनले विद्यालयमा भौतिक पूर्वाधार अवस्था नाजुक, विषय शिक्षकको अभाव राजनीतिक नाममा टोल–टोलमा विद्यालय खोलेर शिक्षकलाई तलव खुवाउन हुने समस्या समाधान गर्दै गुणस्तरिय शिक्षाका लागि अभियान सुरु गरिएको बताए । पहिलेको जस्तो कसरी कहाँबाट तलब खाने समस्या छैन्, विद्यालयका भौतिक सञ्चालनको अवस्था सुधार भएको छ, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा तीनतारे विद्यालय घोषणा अभियान थालिएको बताए ।
भगवतिमाई गाउँपालिका जनताको समृद्धिका लागि पाँच वर्षसम्म आफ्नो सरकारले सकेसम्मको काम गरेको र केही महत्वपूर्ण कामको जग निर्माणको काम भएको छ , सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ ।
कम्युनिष्टको मुल पार्टी एमाले हो सबैलाई एमालेमा समाहित ह“ुन आग्रह
राजनीति बिषयमा कुरा गर्दै भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले नेपालमा राजनीतिक ध्रुबीकरण सुरु भएको र नेपालका कम्यूनिष्टहरुको मूल पार्टी नेकपा एमालेनै भएकोले सबैले एमालेमा समाहित भएर स्थायी सरकारको परिकल्पना सँगै देशको समृद्धिमा लाग्नुपर्ने बताएका छन् ।
राजनीतिक असहमतीका कारण केही समय नेकपा एसमा लागेका थापा पुनः एमालेमै फर्किएको बताउँदै आफुले लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिए भएकोले केन्द्रमा जस्तो सुकै परिस्थिती सृजना भएपनि पालिकास्तरमा नेपाली काँग्रेस र कम्यूनिष्टहरुबीच एकता गरेर गाउँको विकासमा जुट्न अग्रज नेताहरुलाई आग्रह गरेका छन् ।
देशको विकास र समृद्धिका लागि एमालेले मात्र काम गर्न सक्ने भएकोले बाटो बिराएका सबै एमालेमै आउन थापाले आग्रह गरेका छन् । जनताका समस्या समाधान गर्न, देशको विकास गर्न, राष्ट्रियताको रक्षा गर्न, एमालेनै अहिलेको आवश्यकता हो, थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार