‘स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छौँ’


दैलेखः जिल्लाको नौमूले गाउँपालिकाका अध्यक्ष भदेबुढा मगरले स्थानीय उत्पादनलाई गाउँपालिकाले प्राथमिकता दिएको बताएका छन् । एक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले स्थानीय सरकार सञ्चालन भएबाट नौमूलेका नागरिकको आय स्तर सुधार्न र स्थानीय स्तरमा युवायुवतिहरूलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिएको बताए ।
उनले स्थानीय सरकार सञ्चालनमा आउनु पहिले कामको खोजीमा कालापहाड अर्थात् (भारत) मा काम खोज्न जानु पर्ने बाध्यतामा रहेको युवाहरूलाई गाउँमै आय÷आर्जनको जोहो गर्नका लागि गाउँपालिकाले विभिन्न उत्पादनका क्षेत्रमा लगानी गर्दै आएको बताए ।
‘हामीले विभिन्न संघ संस्थासँगको साझेदारीमा गाउँमै कमाई र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले बजेट विनियोजन गरी काम गरेका छौं, कामको खोजीमा अन्यत्र जानुपर्ने बाध्यतामा रहेका करिब ९० जना युवा युवतीहरूले स्थानीय स्तरमा रोजगारी पाएका छन्, गाउँमा सरकार आएपछि नागरिकलाई धेरै कुराहरूमा सहज भएको छ,’ अध्यक्ष बुढाले भने ।
सडकः आफूले स्थानीय तहमा निर्वाचन जित्नु अघिसम्म नौमूलेमा फोर विल गाडी भन्दा अन्य गाडी नजाने गरेका र स्थानीय सरका सञ्चालन पछि गाउँपालिकाका ८ वटै वडाहरूमा सडकको पहुँच पु¥याएको अध्यक्ष बुढाले बताएका छन् । उनले गाउँ–गाउँमा सडक पुगे पछि नागरिकलाई सहज भएको बताए ।
उनले भने ‘स्थानीय सरकार सञ्चालन अघिका दिनमा नागरिकलाई नौमूले बजारबाट खाद्यान्न लगायतका सामानहरू आफै बोके र वा खच्चडमा महँगो शुल्क तिरेर लिनुपर्ने बाध्यता थियो, स्थानीय सरकार सञ्चालन पछि दुर्गम वस्ति सडक सञ्जालमा जोडिएर गाडी गुड्न थाले पछि नागरिकलाई सबै कुराहरूमा सहज भएको छ ।,
अध्यक्ष बुढाले कालिकोटसँग सडक सञ्जाल जोडिए पछि व्यापारिक हिसाबले नौमूलेलाई फाइदा पुग्ने भएकाले नौमूले गाउँपालिकाकोे मुख्य उद्देश्य भनेको कालिकोटसम्म सडक पु¥याउनु रहेको बताएका छन् । भूगोलले साथ नदिएका केही वस्तिहरूमा सडक नपुगेको भए पनि आफ्नो पालामा नागरिकको इच्छा र निर्वाचन ताका गरिएका बाचा अनुसार काम गरेको अध्यक्ष बुढाको भनाई छ ।
द्वन्द्व पछिः द्धन्द्धकालमा दैलेखका अन्य क्षेत्र भन्दा नौमूलेले धेरै क्षति व्यहोरेको बताउँदै अध्यक्ष बुढाले गाउँमा सरकार सञ्चालन पछि त्यहाँका नागरिकको दैनिकीमा परिवर्तन आएका बताए । उनले भने, ‘द्वन्द्वका बेला विस्थापित भएका नागरिक अहिले धमा–धम गाउँ फर्किन थालेका छन्, स्थानीय सरकार आएपछि समृद्धि होला भनेर आशा नगरेका जनताले गाउँमा भएको विकासे गति देखेर खुसी भएका छन्,’ उनले भने ।
जिल्लाका ११ स्थानीय तहमध्ये नारायण पछि नौमूलेमा भौतिक देखि सामाजिक विकासले फड्को मारेको अध्यक्ष बुढाले गरेका छन् ।
निर्यातः गाउँपालिकाका अध्यक्ष बुढाले अहिले नौमूलेका नागरिकले आफै उत्पादन गरेर अलैचि लगायतका बहुमुल्य जडिबुडी निर्यात गर्ने थालेको बताए । ‘हामीले कृषिका क्षेत्रमा राम्रा कामहरू गरेका छौँ, नौमूलेमा अलैचि पकेट क्षेत्र छ, पहिलेका दिनमा भारतमा काम गरेर परिवारको गर्जो टार्दै आएका नागरिकले अलैचि उत्पादन तिर लागेर मनग्य आमदानी लिर्दै आएका छन्’, उनले भने ।
उनले नौमूलेका नागरिक रोजगारीका लागि बाहिरिनु नपरोस् भनेर गाउँ–गाउँमा तरकारी उत्पादनका लागि स्थानीय सरकारले टन्नेल लगायत बिउ÷बिजन तरकारीमा प्रयोग हुने औषधि लगायतका सामग्री सहयोग गर्दै आएको बताए ।
पुराना दिनमा आँगनमा थोरै तरकारी उत्पादन गर्ने गाउँका किसान अहिले एकै टन्नेलेबाट उत्पादन भएको तरकारी बिक्री गरेर ५० देखि ६० हजारसम्म आम्दानी गर्दै आएका अध्यक्ष बुढाको भनाई छ । ‘हिजोका दिनमा बाहिरबाट आएको तरकारी प्रयोग हुन्थ्यो अहिले स्थानीय स्तरमा उत्पादन भएको तरकारी आफूलाई खान पुगेर नागरिकले बाहिर पठाउने गरेका छन्’, अध्यक्ष बुढाले भने ।
नौमूलेका नागरिकले एक वर्षमा २० क्विन्टल बढी अलैचि बिक्री गरेका अध्यक्ष बुढाले बताए ।
किसानलाई उत्पादनमा जागरुप गराउनकालागि स्थानीय सरकारले किवीका बिरुवा वितरण गरेको र किवी उत्पादन पछि नागरिकले मनग्य आम्दानी लिने उनले दावी गरे । उनले उत्पादनका लागि गाउँपालिकाले सिचाँइको व्यवस्थापन गर्दै आएको बताए ।
शिक्षाः स्थानीय सरकारमा निर्वाचित भएपछि आफूले शिक्षाका क्षेत्रमा धेरै राम्रा काम गरेको अध्यक्ष बुढाले बताए । पहिलेका दिनमा शिक्षकलाई तलब खुवाउन मुस्किल हुने गरेको र स्थानीय सरकार आए पछि उक्त समस्या समाधान भएको उनको भनाई छ । कर्मचारीको व्यवस्थापन सँगै गुणस्तरीय शिक्षामा जोड दिएको अध्यक्ष बुढाले बताए ।
‘नौमूलेमा बोलिने खाम भाषा र मगर भाषाको संरक्षणका लागि स्थानीय सरकारले सरकारले आफै कोर्स निमार्ण गरेर पठन–पाठन राउँदै आएको छ, उतm भाषा १ देखि पाँच कक्षा सम्मका विद्यार्थीहरुलाई पडाउँदै आएका छौँ’, उनले भने ।
पुराना दिनमा विद्यालयका भौतिक संरचनाको अवस्था नाजुक रहेका भए पनि स्थानीय सरकार सञ्चालन पछि विद्यालय संरचनाको भौतिक विकासमा समेत प्रगति भएको उनको भनाई छ । बालबालिकाको पढाइमा सहजताका लागि विभिन्न ठाउँमा बाल विकासका कक्षा सञ्चालन भएर पठन–पाठन भइरहेको उनले बताए ।
स्वास्थ्यः गाउँमा स्वास्थ्यको क्षेत्रमा पनि नौमूले गाउँपालिकाले परिवर्तन देखिने गरी काम गरेको अध्यक्ष बुढाको भनाई छ । बिकटका वस्तिका नागरिक पहिलेका दिनमा सिटामोल किन्न नौमूले आउनु पर्ने बाध्यताको अन्त्य गर्दै प्रत्येक वडाहरूमा स्वास्थ्य चौकीको स्थापनासँगै नागरिकले सुलभ सेवा पाउने पाई राखेका गाउँपालिकाका अध्यक्ष बुढाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार