
हुम्लाः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हुम्ला पुगेर एमालेलाई हराउने नेपालमा कुनै पार्टी नभएको दाबी गरका छन् । एमाले हुम्लाले आइतवार गरेको आमसभामालाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले नेपालमा जनताको आस लाग्दो र भर लाग्दो एउटै पार्टी एमाले मात्रै रहेको बताए ।
उनले भने, ‘नेपालमा आधिकारीक पार्टी एमाले मात्रै हो, अरु पार्टी त देशलाई खोत्रो र धोस्त पार्नको लागि मात्रै गठबन्धन गरेका हुन् । त्यसैले यस्ता गठबन्धनलाई जनातले चिनिसकेका छन्, जनता एमालेको पक्षमा छन् एमालेलाई हराउँन कसैले पनि सक्दैनन् ।’
अध्यक्ष ओलीले अन्य राजनीतिक दलहरूले फाइदाका लागि मात्रै गठबन्धन गरेर जनताका माझमा भ्रम छरेका भन्ने कुरा जनताले बुझिसकेको बताए । साथै ओलीले अबको निर्वाचनमा एमाले पहिलो भएर सरकारले चलाउने समेत दाबी गरे ।









