
वैशाख १७, दैलेख
स्थानीय तहको निर्वाचनमा दैलेखका ११ वटै पालिकाबाट ६३ जना उम्मेदवारले पालिका प्रमुखमा उम्मेदवारी परेको हो ।
उम्मेदवारी फिर्ता लिने अन्तिम समय १६ गते राखिएको भएपनि उम्मेदवारी दर्ता गराएका मध्ये न्यून उम्मेदवारहरुले मात्र फिर्ता गरेका छन् । पालिका प्रमुखमा ७७ जनाको उम्मेदवारी परेको मध्ये १४ जनाले मात्र फिर्ता लिएका छन् ।
आठवीस नगरपालिकामा ५ जना, गुराँस गाउँपालिकामा ७ जना, चामुण्डाबिन्द्रासैनीमा ६ जना, टाँठीकाँधमा ६ जना, डुगेश्वर गाउँपालिकामा ४ जना, दुल्लु नगरपालिकामा ६ जना, नारायण नगरपालिकामा ५ जना, नौमूले गाउँपालिकामा ५ जना, भगवतीमाई गाउँपालिकामा ६ जना, भैरवी गाउँपालिकामा ६ जना, महावु गाउँपालिकामा ७ जना गरी ६३ जनाले पालिका प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै उपप्रमुखमा ५५ जना रहेका छन् । ९० वटा वडामा वडा अध्यक्ष पदका लागि ३८२ जनाको उम्मेदवारी परेको छ ।
११ पालिकामा सवै पदमा १ हजार ७ सय ६६ जनाको उम्मेदवारी कायम भएको जिल्ला निर्वाचन कार्यालय दैलेखले जानकारी दिएको छ ।









