दैलेखका ११ वटै पालिकामा शान्तिपूर्वक मतदान प्रक्रिया सम्पन्न भएको छ । दुईवटा वडामा सामान्य विवाद बाहेक ९० वटै वडाहरुमा शान्तिपूर्वक मतदान सम्पन्न भएसँगै सबै मतपेटीकाहरु पालिकामा केन्द्रित गरिएको छ ।
जनताहरुले उत्साहपुर्वक निर्वाचनमा भाग लिए, आफुले चाहेका उम्मेदवारलाई मतदान गरे, दैलेखका तीन वटा पालिका प्रमुख र उप्रमुख पद बाहेक अन्य सवै स्थानहरुमा बिशेष गरेर नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले निर्वाचनमा भाग लिएको भएपनि बिशेष गरेर नेकपा एमाले र नेपाली काँग्रेस बीच प्रतिश्पर्धा देखिएको छ ।
जनताले गाउँमै सिंहदरवारको अधिकार प्रयोग गरेर विकास र समृद्धिको अभियानको थालनी गर्ने कानुनी अधिकारलाई अँझै व्यवस्थित र पारदर्शी रुपमा सम्पन्न गर्नका लागि स्थानीय सरकारहरुले अँझै धेरै अधिकारहरुको प्रयोग गर्दै व्यवस्थित रुपमा स्थानीय तहहरुको सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
निर्वाचनको मत परिणाम पश्चात निर्वाचित जनप्रतिनिधिहरुले अँझै पनि आफ्नो आचरण सुधार गर्न सकेनन् भने त्यसले पक्कै पनि धेरै समस्या उत्पन्न हुन सक्ने देखिन्छ । अहिलेको जनताको सचेतिकरण र अवको पाँच वर्ष पछिको जनताको सचेचिकरण अँझै प्रभावकारी हुने अवस्था देखिएका कारण अव निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि नभई जनताको बास्तविक समस्या समाधानका लागि काम गर्नुपर्ने आवश्यकता देखिएको छ ।








