स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सम्पन्न निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरु अहिले घरदैलो भेटघाटमा व्यस्त देखिएका छन् ।
निर्वाचन अघि जनतामा गरेका बाचा पूरा गर्ने अठोट राख्न अहिलेपनि जनप्रतिनिधिहरुले सकेनन् भने आगामी पाँच वर्षपछि जनताको आकांक्षा भिन्न भइसकेको हुने छ र धेरै बालेनहरु जन्मनुपर्ने अवस्था राजनीतिक दल र विजय उम्मेदवारहरुको हरकतबाट जन्मिने छ ।
हरेक उम्मेदवारहरुले विकासको शैली परिवर्तन गर्नुपर्ने छ, विकास पुरानो शैलीमा हैन्, अव युवाहरुको सक्रिय सहभागितामा विकासका कामहरु सुरु गर्नुपर्ने छ, गरिएका विकास गतिविधिहरुमा पारदर्शीता अभियानको थालनी गर्नुपर्ने अवस्था छ, हिजो पार्टी, संगठन र नेता विजय गराउन जुन कार्यकर्ताहरु गाउँ गाउँमा सक्रिय भए त्यस्ता कार्यकर्ताहरुको भावना भन्दा पुनः आफन्तबाद तर्फ जनप्रतिनिधिहरु अग्रसर भएको खण्डमा पक्कै पनि आगामी पाँच वर्ष पछि वा अन्य बिभिन्न निर्वाचनका बेलामा पक्कै पनि जनताहरुमा नैराश्यता उत्पन्न हुने छ ।
यस्ता विषयहरुको एउटा मात्र उपज हुने छ । राजनीति दलप्रति जनताको असन्तुष्टि धेरै हुँदै स्वतन्त्र उम्मेदवाहरुको प्रभाव बढ्ने छ । अनि देशैभर धेरै बालेनहरु जन्मनेछन् ।
अव विकास डोजरको भरमा हैन्, युवाहरुको सक्रियतामा विकास गर्ने वातावरण तयार गर्नुपर्ने देखिएको छ । गाउँमा सवैभन्दा गरिव, विपन्न, वर्गलाई खोजेर पहिलो प्राथमिकतामा राखेर काम गरौं । निर्वाचित जनप्रतिनिधिहरु सुध्रन सकेनन र राजनीतिक दलहरुले जनाप्रति वफादार हुन सकेनन् भने संघीयताको मर्ममाथि नै प्रश्न उठ्न सक्ने खतरा देखिन्छ ।








