वीरेन्द्रनगरमा देखियो बर्ड फ्लू

दैलेख : सुर्खेतको वीरेन्द्रनगरस्थित एक कृषकको व्यावसायिक टर्की फार्ममा बर्ड फ्लू देखिएको छ । व्यावसायिक रुपमा पालिएका टर्की धमाधम मरेपछि नमूना परीक्षण गर्दा बर्ड फ्लू भेटिएको पशुपंक्षी विकास निर्देशनालय सुर्खेतका निमित्त प्रमुख मोहन गिरीले जानकारी दिए ।
उनका अनुसार पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो । पशु चिकित्सकको टोली सो क्षेत्रमा गएर थप अनुसन्धान भइरहेको प्रमुख गिरीले बताए । सो फर्ममा करिब १५ सय टर्की रहेको बताइएको छ ।
फर्ममा रहेको सबै टर्कीलाई नष्ट गरेर सुरक्षित रुपमा व्यवस्थापन गरिने निर्देशनालयले जनाएको छ । बर्ड फ्लू देखिएको स्थानदेखि चारैतर्फको पाँच सय मिटर दुरीका सबै पंक्षी नष्ट गर्ने निर्देशनालयको तयारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार