पाँच जना फरार प्रतिवादी पक्राउ

दैलेख : दैलेख प्रहरीले एकै दिन पाँच जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । अदालतबाट बिभिन्न मुद्दामा सजाया जरिवाना फैसला भई फरार पाँच जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा आत्महत्या दुरुत्साहन मुद्दामा ११ महिना कैद र दश हजार जरिवाना तोकिएका दुल्लू नगरपालिका–७ का ३२ वर्षीया भुपेन्द्र बहादुर शाही, बनसम्बन्धी मुद्दामा ८१ हजार ८ सय जरिवाना तोकिए र फरार रहेका चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का २६ वर्षीया विनोद शाही रहेका छन् ।
यस्तै, घरेलु हिंसा मुद्दामा ५ हजार जरिवाना तोकिएका डुङ्गेश्ववर गाउँपालिका–१ का ४३ वर्षीया कृष्ण बहादुर खत्री, सम्बन्ध विच्छेद मुद्दामा १६ हजार ९ सय १२ रुपैया ९९ पैसा जरिवाना तोकिएका नौमूले गाउँपालिका–८ का २७ वर्षीया नविन बुढाथोकी र अंशबन्डा मुद्दामा ६ हजार ५ सय जरिवाना तोकिएका नारायण नगरपालिका–१ का २७ वर्षीया सागर नेपाली रहेका छन् ।
पक्राउ परेका पाँचै जनालाई फैसला कार्यन्वयनका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार