बदेलको मासुसहित चार जना पक्राउ

दैलेखः दैलेख प्रहरीले बदेलको मासुसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई डुङ्गेश्वर प्रहरीले आइतबार पक्राउ गरेको हो ।
नारायण नगरपालिका–२ चक्र बहादुर सारु, डुङ्गेश्वर गाँउपालिका २ का बिर बहादुर गुरुङ, नारायण नगरपालिका–१ कुसाडाका रामु नेपाली र डुङ्गेश्वर गाँउपालिका–२ का गोबिन्द सिंह रहेको दैलेख प्रहरीले जनाएको छ ।
प्रहरीले उनिहरुको साथबाट पाउडर (बारुद जस्तो देखीने), भरुवा बन्दुकमा प्रयोग हुने छर्रा, एकरोल पटाका समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका थुनामा राखि थप अनुसन्धान भैरहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार