स्थानीय सरकारले सिक्नुपर्ने कुरा

स्थानीय सरकारका ५ वर्ष पूरा भएका छन् । विगतका वर्षहरुमा स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरुले गरेका कतिपय बिषयहरु जानाजान भएका देखिन्छन् भने कतिपय बिषय नजानेरै भएका पनि देखिन्छ ।
बिशेष गरेर सडक र पूर्वाधार विकासमा स्थानीय सरकारहरुले दिगोपनाको योजना ल्याउन सकेको देखिदैन् । अवका जनप्रतिनिधिहरुले दिगो विकासलाई मुल मुद्दा बनाएर काम गर्नुपर्ने आवश्यकता देखिएको छ ।
हरेक वर्ष महालेखापरीक्षणको प्रतिवेदनमा नेताहरुलेनै बेरुजु रकम फिर्ता गर्नुपर्ने रिपोर्ट आउनु पक्कै पनि राम्रो कुरा होइन पालिका जित्ने बित्तिकै फेरी ५ वर्ष आउँछ र चुनावमा पराजित हुनुपर्ने अवस्था हुनसक्छ भन्ने बिषयहरुलाई अहिले जितेका जनप्रतिनिधिहरुले ख्याल गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
स्थानीय सरकारले शिक्षा स्वास्थ्य रोजगारीका बिषयहरुमा स्पष्ट खाका निर्माण गरेर जनताका लागि आवश्यक पर्ने सवैखाले विकास गतिविधिहरुलाई पारदर्शी र प्रभावकारी रुपमा लिनुपर्ने देखिएको छ ।
जनताका आधारभूत आवश्यकता भित्र पर्ने साना बिषयहरुमा जनप्रतिनिधिहरुले बिशेष ख्याल गरेर काम गर्न सकेमा आगामी पाँच वर्षका लागि स्थानीय सरकारका जनप्रतिनिधिहरुको कार्यकाल प्रभावकारी हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार